बंगालका सबै स्कूलहरूमा प्रतिदिन बांगलार माटी, बांगलार जल गीत सामूहिक रूपमा गाउन अनिवार्य
बंगालका सबै स्कूलहरूमा प्रतिदिन बांगलार माटी, बांगलार जल गीत सामूहिक रूपमा गाउन अनिवार्य


कोलकाता, 7 नोभेम्बर (हि.स.)। पश्चिम बंगाल सरकारले राज्यका सबै सरकारी तथा सरकारी सहायता प्राप्त विद्यालयहरूमा प्रातःकालीन प्रार्थनामा राज्य गीत बांगलार माटी, बांगलार जल सामूहिक रूपमा प्रतिदिन गाउन अनिवार्य बनाएको छ। यस सम्बन्धमा राज्य माध्यमिक शिक्षा बोर्डले उच्च प्राथमिक औ माध्यमिक स्कूलहरूका प्रधानाध्यापकहरूलाई अधिसूचना जारी गरी आवश्यक कदम उठाउन भनेको छ।

राज्यका शिक्षा मन्त्री ब्रात्य बसुले गए बिहीवार राती सोशल मीडिया मञ्च एक्समा पोस्ट गरी बताए, रवीन्द्रनाथ टैगोरद्वारा सन् 1095-मा रचित यो गीतलाई अब प्रत्येक स्कूलमा प्रार्थना गीतको रूपमा गाउन पर्नेछ। उनले यो पनि स्पष्ट पारे, योसँगसँगै राष्ट्रिय गीत ‘जन गण मन’- को नियमित गायन पूर्ववत जारी रहनेछ।

बसुले भने, राज्य गीत र राष्ट्रिय गानको नियमित सामूहिक पाठले विद्यार्थीहरूमा सामाजिक सौहार्द अनि साम्प्रदायिक एकतालाई सशक्त बनाउनमा एक प्रेरक भूमिका निभाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande