मुख्यमन्त्रीले 'नगारा नाम'- का प्रसिद्ध कलाकार रामचरण भरालीको निधनमा व्यक्त गरे शोक
मुख्यमन्त्रीले 'नगारा नाम'- का प्रसिद्ध कलाकार रामचरण भरालीको निधनमा व्यक्त गरे शोक


गुवाहाटी, 07 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले नगारा नामका विख्यात साधक रामचरण भरालीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। उनले सोशल मीडियामा आफ्नो शोक सन्देशमा भने, भरालीले आफ्नो साधना एवं समर्पणबाट असमको आध्यात्मिक एवं सांस्कृतिक धरोहरलाई धनी बनाए।

मुख्यमन्त्रीले साेशल मीडिया एक्समा भने, नगारा नाम जस्तो लोक कलालाई उचाईँमा पुऱ्याउनमा भरालीको योगदान अतुलनीय छ। उनको आजीवन समर्पण औ कलात्मकताले नगारालाई असमको समृद्ध सांस्कृतिक विरासतमा एक विशिष्ट स्थान दिलाए। उनको निधनलाई राज्यको आध्यात्मिक तथा सांस्कृतिक जीवनको लागि एक अपूर्णीय क्षति बताए।

डा. सरमाले दिवंगत आत्माको शान्तिको लागि ईश्वरसित प्रार्थना गरे अनि शोक सन्तप्त परिवारप्रति आफ्नो गहिरो संवेदना व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande