एसआईआरमा गड़बड़ीलाई लिएर चुनाउ आयोग कठोर, बीएलओका गतिविधिहरूमाथि कड़ा निगरानी राख्ने निर्देश
एसआईआरमा गड़बड़ीलाई लिएर चुनाउ आयोग कठोर, बीएलओका गतिविधिहरूमाथि कड़ा निगरानी राख्ने निर्देश


कोलकाता, 07 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा भइरहेको विशेष गहन पुनरीक्षण (एसआईआर) अभियानबीच बूथ स्तर अधिकारी (बीएलओ)-विरूद्ध राज्यभरि नै लगातार सिकायत प्राप्त भइरहेको छ। यसलाई मध्यनजर गर्दै भारत निर्वाचन आयोग (ईसीआई)-ले बीएलओको कार्यप्रणालीमाथि कड़ा निगरानी राख्ने निर्देश दिएको छ।

निर्वाचन आयोगको तीन सदस्यीय उच्चस्तरीय टीम — उपनिर्वाचन आयुक्त ज्ञानेश भारती, उपसचिव अभिनव अग्रवाल औ प्रमुख सचिव एस.बी. जोशीले उत्तर बंगालका कुचबिहार, जलपाईगुड़ी र अलिपुरद्वार जिल्लामा एसआईआरको प्रगतिको समीक्षा गरिरहेका छन्। गए बिहीवार अलिपुरद्वारमा जिल्ला निर्वाचन अधिकारी सहित सम्बन्धित अधिकारीहरूलाई लिएर आयोजित एक बैठकमा डीईओ र एईआरओलाई स्पष्ट निर्देश दिइयो, बीएलओको हरेक गतिविधिमाति कड़ा नजर राखियोस्।

मुख्य निर्वाचन अधिकारी मनोज कुमार अग्रवालको पक्षबाट गए बिहीवार राति जारी बयानमा भनिएको छ, बीएलओले घर-घरमा गएर सत्यापन कार्य गर्ने क्रममा पहिचान पत्र लगाउन अनि ईसीआईको दिशानिर्देश अनुरूप तय समय-सीमामा कार्य पूरा गर्न अनिवार्य हुनेछ। साथै ईआरओ र एईआरओलाई यो सुनिश्चित गर्न भनिएको छ कि कुनै पनि वास्तविक मतदाताको नाम सूचीदेखि नबाहिरियोस् अनि मृत, स्थानान्तरित, अनुपस्थित वा डुप्लीकेट जस्ता अपात्र नामलाई सूचीमा सामेल नगरियोस्।

सूत्र अनुसार केही जिल्लाहरूबाट बीएलओले मनमानी, गलत जानकारी दर्ता गरेको तथा पात्र मतदातालाई बेवास्ता गरेको सिकायत प्राप्तभएको छ। आयोगले स्पष्ट पारेको छ, यस्तो मामिलामा दोषी पाइए कड़ा कारबाही गरिनेछ।

शुक्रवार आयोगको टीमले कुचबिहार जिल्लाका अधिकारीहरूसित यसरी नै समीक्षा बैठक गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande