क्यान्सर जागरूकता तथा आधुनिक उपचार सुविधामाथि सरकारको विशेष ध्यानः मुख्यमन्त्री
क्यान्सर जागरूकता तथा आधुनिक उपचार सुविधामाथि सरकारको विशेष ध्यानः मुख्यमन्त्री


गुवाहाटी, 07 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, हाम्रो देशमा हरेक वर्ष क्यान्सर जागरूकता दिवस मनाइन्छ ताकि यस रोगको रोकथाम, प्रारम्भिक पहिचान तथा उपचारप्रति जन-जागरूकता बढ़ाउन सकियोस्।

मुख्यमन्त्रीले साेशल मीडिया फेसबुकमा लेखे, असम सरकार जागरूकतासम्म मात्र सीमित छैन जबकि राज्यमा क्यान्सर रोगीहरूलाई श्रेष्ठ एवं अत्याधुनिक उपचार उपलब्ध गराउनको लागि ठोस कदम पनि उठाइरहेको छ। उनले बताए, “राज्यमा आधुनिक ढाँचाद्वारा सुसज्जित केही क्यन्सर अस्पतालहरू स्थापना गरिएको छ जहाँ निशुल्क र गुणस्तरीय उपचारको व्यवस्था गरिएको छ।”

डा. सरमाले भने, हाम्रो एउटै लक्ष्य हो- असमका हरेक रोगीले पूर्ण रूपमा स्वस्थ भएर खुशी अनि मुस्कान फैलाओस्। सबै स्वस्थ्य रहुन्, यही नै हाम्रो कामना हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande