
पश्चिम मेदिनीपुर, 07 नोभेम्बर (हि. स.)। पश्चिम बंगालको शिक्षा घोटालासित जोड़िएको ठूलो खबर प्रकाशमा आएको छ। स्कूल सर्भिस कमिशन (एसएससी)-द्वारा हालैमा जारी “दागी शिक्षाकर्मीहरू”- को सूचीमा राज्यका उपभोक्ता संरक्षण एवं सहकारिता विभाग राज्यमन्त्री तथा शालबनीका विधायक श्रीकान्त महतोको भाइ खोकन महातोको नाम पनि सामेल छ।
सूत्र अनुसार वर्ष 2016- को एसएससी ग्रुप-सी भर्ती प्यानललाई उच्चतम अदालतले रद्दा गरिदिएको थियो जसपश्चात 3512 अयोग्य (टेंटेड) कर्मचारीहरूको सूची प्रकाशित गरियो। यस सूचीमा क्रमांक 1270-मा खोकन महातोको नाम दर्ता छ। खोकन महातो वर्ष 2017-मा झाड़ग्रामको बेता श्रीगोपाल हाई स्कूलमा क्लर्कको रूपमा नियुक्त भएका थिए।
यसमाथि मन्त्री श्रीकान्त महातोले प्रतिक्रिया व्यक्त गर्दै भने, हामीले एसएससीविरूद्ध मुद्दा दर्ता गरेका छौं। आयोगले अपलोड गरेको ओएमआर शीटलाई हामीले अदालतमा जमागरेका छौं। अदालतले नै तय गर्नेछ कि मेरो भाईलाई ‘टेंटेड’ कसरी भनियो।
विपक्षले आरोप लगायो, मन्त्रीले आफ्नो पदको दुरूपयोग गरेर भाइलाई नोकरी दिलाए। यसको जवाफ दिँदै श्रीकान्त महातोले भने, “मेरो भाइ गणितमा स्नातक हो, लाइब्रेरी साइन्समा सेट उतीर्ण गरेको छ अनि प्राइमरी टेट पनि पास गरेको थियो। उसले आफ्नो योग्यताको आधारमा नोकरी पाएको थियो, कुनै प्रभावको प्रयोग गरिएन। अदालतमा साँचो कुरा सामु आउनेछ।”
यसपूर्व वर्ष 2023-मा कलकत्ता उच्च अदालतको निर्देशमा ‘विकृत ओएमआर’ भएका उम्मेद्वारहरूको सूची जारी गरिएको थियो, त्यसबेला पनि मन्त्रीले आफ्नो भाइको नाममाथि प्रश्न उठाउँदै भनेका थिए, यदि उनको भाइले वास्तवमै नक्कली ढंगमा उतीर्ण गरेको पाइयो भने उनले मन्त्री पदबाट राजीनामा दिनेछन्।
तथापि यस मामिलामा खोकन महातोसित फोनमा सम्पर्क गर्ने प्रयास गर्दा उनले कल रिसीभ गरेनन्।
भाजपाले यस घटनाक्रममा आफ्नो कड़ा कदम उठाउँदै भनेको छ, यो मामिलाले बताउँछ कि सत्तारूढ़ दलका नेता आफन्तहरूलाई अवैध रूपमा नोकरी दिलाउनेमा सामेल थिए। जिल्ला उपाध्यक्ष शंकर गुछैतले भने, “यो स्पष्ट छ कि श्रीकान्त महातो जस्ता केही नेताहरूले आफ्नो प्रभावबाट परिवारलाई नोकरी दिलाएका थिए। अब अदालतले नोकरी रद्द गर्दा उल्टै आयोगलाई दोष्याइरहेका छन्।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा