कश्मीर उपत्याकाका अधिकांश क्षेत्रहरूमा यस मौसमको सबैभन्दा चिसो रात दर्ता
कश्मीर उपत्याकाका अधिकांश क्षेत्रहरूमा यस मौसमको सबैभन्दा चिसो रात दर्ता


श्रीनगर, 7 नोभेम्बर (हि.स.)। कश्मीर उपत्याकामा लगातार शीतलहर परिरहेकोले कठ्याङग्रिने जाड़ो भइरहेको छ। यहाँका अधिकांश क्षेत्रहरूमा गए बिहीवारको रातलाई यस मौसमको सबैभन्दा चिसो रात दर्ता गरिएको मौसम विभागले शुक्रवार जानकारी गराएको हो।

जम्मू-कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरमा यस मौसमको सबैभन्दा कम तापमान 0.2 डिग्री सेल्सियस दर्ता गरियो। उपत्याकाका सबैभन्दा चिसो स्थानहरूमध्ये एक पहलगाममा न्यूनतम तापमान शून्यदेखि मुनि 3.0 डिग्री सेल्सियस दर्ता गरियो भने स्की रिसर्ट गुलमर्गमा शून्यदेखि मुनि 2.6 डिग्री सेल्सियस दर्ता गरियो। उत्तरी कश्मीरको कुपवाड़ामा तापमान घटेर शून्यदेखि तल 1.3 डिग्री सेल्सियस भयो जुन यस क्षेत्रमा औधी जाड़ो शुरू भएको संकेत हो।

मौसम अधिकारीहरूले भने, आगामी दिनमा उपत्याकाका केही भागहरूमा तापमान शून्य वरपर वा त्योभन्दा तल झर्ने आशा छ। अधिकारीहरूले स्थानीय मानिसहरूलाई यस्तो जाड़ोदेखि बच्नको लागि सतर्कता अप्नाउने सल्लाह दिए विशेष गरी बुजुर्ग, बाल-बालिका अनि उच्च पार्वतीय क्षेत्रहरूमा बस्ने मानिसहरूलाई।

मौसम विभागले मानिसहरूलाई नियमित मौसम अपडेटको पालन गर्ने तथा तापमानमा अझ ह्रासको लागि तयार रहने सल्लाह दिएको छ किनभने उपत्याकामा चियो हावा चलिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande