पुलको रेलिङ भत्काएर जलाशयमा झऱ्यो यात्री वाहक बस, 40 जना घाइते
पुलको रेलिङ भत्काएर जलाशयमा झऱ्यो यात्री वाहक बस, 40 जना घाइते


कोलकाता, 7 नोभेम्बर (हि.स.)। कोलकाता नजिकै शुक्रवार बिहान हाड़ोदेखि करूणामयी गइरहेको एक यात्रु वाहक बस हाड़ोआ पुलमा पुगेपछि नियन्त्रण गुमाएको कारणले पुलको रेलिङ भत्काउँदै जलाशयमा झऱ्यो।

यस घटनामा लगभग 40 जना यात्रीहरू घाइते भएका छन्। स्थानीय मानिसहरूले तुरून्तै घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्य शुरू गरे। पछि राजारहाट थानाको पुलिस पनि घटनास्थलमा पुगेर बचाउ अभियानमा सामेल भयो।

प्रत्यक्षदर्शीहरू अनुसार बसमा लगभग 40 जना मानिसहरू सवार थिए। बस जलाशयमा झर्नसाथ यात्रीहरूको गुहार-पुकार सुनेर वरपरका मानिसहरू दौड़ेर घटनास्थलमा पुगे। उनीहरूले यात्रीहरूलाई बाहिर निकाल्नमा सहयोग गरे। घाइतेहरूलाई तुरून्तै अस्पतालमा पठाइयो जहाँ उनीहरूको उपचार भइरहेको छ।

प्राथमिक जाँचमा यो आशंका व्यक्त गरिँदैछ, बस चालकले अर्को बसलाई ओभरटेक गर्दा नियन्त्रण गुमायो जसले गर्दा यो दुर्घटना भयो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande