
कोलकाता, 7 नोभेम्बर (हि.स.)। केन्द्रिय मन्त्री तथा भारतीय जनता पार्टीका पूर्व प्रदेश अध्यक्ष डा. सुकान्त मजुमदारले शुक्रवार एउटा गम्भीर मामिलालाई उठाउँदै राज्य पुलिस तथा प्रशासनमाथि प्रश्न गरे।
उनले एक्समा जारी एउटा पोस्टमा आरोप लगाए, राजगञ्जका बीडीओविरूद्ध हत्याको सोझै सिकायत दर्ता हुनको सट्टा अहिलेसम्म कुनै कारबाही गरिएको छैन। उनले प्रश्न गरे, “आख़िर पुलिस यस अधिकारीको बारेमा पत्तो लगाउनमा असफल किन भयो?”
मजुमदारले आफ्नो पोस्टमा लेखे, उक्त अधिकारी उत्तर बंगालदेखि पश्चिम मेदिनीपुरको दाँतनसम्म गए जहाँ तिनले पीड़ित परिवारलाई धम्काए अनि पछि सरकारी वाहन (नीलो बत्ती भएको वाहन)-लाई प्रयोग गरी एकजना व्यवसायीलाई अपहरण गरी हत्या गरिदिए।
उनले यो पनि भने, यस्तो गम्भीर आरोप तथा गैर-जमानती धारा लागू भएको भए पनि पुलिसले अहिलेसम्म कुनै ठोस कारबाही गरिरहेको छैन। मजुमदारले प्रश्न उठाए, “यो सुनियोजित निष्क्रियता कसको निर्देशमा भइरहेको छ?”
भाजपा नेताले राज्य सरकार तथा पुलिस प्रशासनलाई लक्षित गर्दै लेखे, “जु पुलिसले वर्षौंदेखिको सत्तारूढ़ दलको इशारामा आम नागरिक तथा विपक्षी कार्यकर्ताहरूमाथि अत्याचार गर्दै आइरहेको छ, त्यही पुलिस अब यस मामिलामा मौन किन छ?”
उनले अझ भने, “के राज्यको कानून-व्यवस्थाको मशिनरीले पूर्ण रूपलमा आफ्नो रीढ़ गुमाइसकेको छ? पश्चिम बंगाल पुलिस जो आईप्याकद्वारा लेखिएको प्रेस ब्रीफिंग्स दिनको लागि सदैव सक्रिय रहन्छ, अब अचानक लाटो र बहिरो किन भएको छ?”
डा. मजुमदारले चेताउनी दिए, यदि प्रशासनले तुरून्त जवाफ दिएन भने बंगालका जनता मौन बस्ने छैनन्, किनभने “जनतालाई थाहा छ कि अपराधीहरूलाई कसले संरक्षण दिरहेको छ अनि को यस षड़यन्त्रको पछाड़ि लुकेर बसेको छ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा