
गुवाहाटी, 07 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, असमलाई विकास अनि प्रगतिको माध्यमबाट देशका श्रेष्ठ राज्यहरूको श्रेणीमा उभ्याउनु उनको सरकारको सपना नै हो।
मुख्यमन्त्रीले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व अनि केन्द्र सरकारको पूर्ण सहयोगबाट आज असम द्रूत गतिले प्रगतिको मार्गमा अग्रसर भइरहेको छ। उनले केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणप्रति आभार व्यक्त गर्दै भने, हिजो र आज राज्यप्रति समर्पित गेटवे अफ गुवाहाटी टर्मिनल, 1.2 किमी रिभरफ्रण्ट र शहीद कनकलता बरुवा राज्य विश्वविद्यालय जस्ता परियोजनाहरू असमको सामूहिक प्रतिबद्धताको प्रतीक हो जसले राज्यको विकासको गाथालाई नयाँ शिखरसम्म पुऱ्याउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा