असमको दुई दिवसीय दौड़ाहमा आइपुगिन् केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमण
असमको दुई दिवसीय दौड़ाहमा आइपुगिन् केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमण


गुवाहाटी, 07 नोभेम्बर (हि.स.)। केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमण असमको दुई दिवसीय भ्रमणमा शुक्रवार गुवाहाटी आइपुगिन्। लोकप्रिय गोपीनाथ बरदलै अन्तर्राष्ट्रिय हवाईअड्डामा उनलाई भव्य स्वागत गरियो।

मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा र मन्त्री अजन्ता नेओगले वित्त मन्त्रीलाई स्वागत अनि अभिनन्दन गरे। आफ्नो यस भ्रमण अवधि केन्द्रिय वित्त मन्त्रीले असमका विभिन्न परियोजनाहरूको उद्घाटन गर्नेछन्।

केन्द्रिय वित्त मन्त्रीले 7 नोभेम्बरकाे दिन ब्रह्मपुत्र नदीमा देशकै पहिलो आधुनिक रिभर फेरी टर्मिनल, गुवाहाटी गेटवे घाट टर्मिनल तथा कचहरी घाटदेखि शहरको नयाँ डीसी बंगलासम्म ब्रह्मपुत्र रिभरफ्रण्ट परियोजनाको उद्घाटन गरिन्। यो अत्याधुनिक रिभर टर्मिनल गुवाहाटीको सुकरेश्वर घाट नजिकै अवस्थित छ। राजभवन निकट उजान बजारमा नवनिर्मित ब्रह्मपुत्र रिभरफ्रण्टलाई पनि यस अवसरमा जनताकोलागि खोलिएको छ जहाँबाट मनोरम दृश्य देख्न सकिन्छ।

यसको साथै सीतारमणले गुवाहाटीस्थित जगीरोडमा आगामी टाटा सेमीकण्डक्टर परियोजनाको निर्माण कार्यको निरीक्षण गर्नेछन् अनि सेमीकण्डक्टर परियोजना स्थलमा असमका लगभग 3 सय युवा उद्यमीहरूसित बातचित गर्नेछन्।

यसरी नै 8 नोभेम्बरको दिन सीतारमणले असमको गोहपुरमा पुगेर स्वाहिद कनकलता बरूआ राज्य विश्वविद्यालयको आधारशिला राख्नेछन्। असम क्याबिनेटले पहिला 4 यस करोड़ रुपियाँको लागतबाट विश्वविद्यालयको विकासलाई स्वीकृति दिएको थियो। यस संस्थानलाई तकनिकी अनि व्यवसायिक शिक्षा एवं प्रशिक्षणको लागि राज्यकै पहिसो विश्वविद्यालयको रूपमा निर्माण गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande