
-मुख्यमन्त्री योगी आदित्यनाथले वन्दे मातरमले 150 वर्ष पूर्ण गरेको उपलक्ष्यमा लोक भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे
लखनऊ, 7 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री योगी आदित्यनाथले भने, आजको दिन अत्यन्त महत्वपूर्ण छ। स्वतन्त्रता आन्दोलनको मन्त्र बनेको वन्दे मातरम्ले 150 वर्ष पूरा गरेकोमा प्रधानमन्त्री मोदीले यस दिवसलाई स्मृति दिवसको रूपमा आयोजना गर्नका लागि देशवासीहरूलाई नयाँ प्रेरणा दिए। मुख्यमन्त्री योगीले भने, वन्दे मातरम् भारतको स्वतन्त्रताको अमर मन्त्र बनेको थियो। त्यसताक विदेशी शासनद्वारा दिइएका अनेकौं यातनाहरू, प्रताड़नाहरूलाई परवाह नगरी भारतका हरेक नागरिक (स्वतन्त्रता संग्राम सेनानी, क्रान्तिकारी) वन्दे मातरम् गीतसितै गाउँ, नगर, प्रभातफेरीको माध्यमबाट भारतको सामूहिक चेतनाको जागरण अभियानसित जोड़िएका थिए।
मुख्यमन्त्री योगी आदित्यनाथले वन्दे मातरमले 150 वर्ष पूर्ण गरेको उपलक्ष्यमा लोकभवनमा आयोजित कार्यक्रममा आफ्नो कुरा राखे। यस अवधि राष्ट्रगीतको सामूहिक गायन भयो अनि स्वदेशीको संकल्प पनि लिइयो। मुख्यमन्त्री योगी आदित्यनाथले राष्ट्रगीतका रचयिता बंकिम चन्द्र चट्टोपाध्यायलाई नमन गरे। मुख्यमन्त्रीले प्रदर्शनीको पनि अवलोकन गरे। लोकभवनमा उपस्थित मानिसहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा केन्द्रिय संस्कृति मन्त्रालयद्वारा आयोजित कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि हेरे।
योगीले 100 वर्षपूर्व देशभित्र आएको महामारीको उल्लेख गर्दै भने, त्यसबेला भारतको जनसंख्या 30 करोड़ मात्र थियो र महामारीमा ज्यान गुमाउनेहरूको संख्या पनि करोड़ौंमा थियो। गाउँ-गाउँका मानिसहरू सिद्धिएका थिए। स्वतन्त्रत भारतमा कोभिड जस्तो महामारीको संक्रमण पनि झेलिएको छ। यस महामारी अवधि शासन-प्रशासन होस् वा अल्पवेतन भोगी, ज्यानको परवाह नगरी सबैको मनमा एउटै भाव थियो कि यसलाई नियन्त्रण गर्नुपर्छ अनि समाधानको बाटो खोज्नुपर्छ। मुख्यमन्त्री योगीले भने, भारत अनि भारतीयता, नागरिकको बारेमा संवेदनशील रूपमा ती नेतृत्वले मात्र सोच्न सक्छ जो त्यस भावनाबाट ओतप्रोत छन्।
सीएम योगीले भने, भारतको स्वतन्त्रता आन्दोलनमा स्वतन्त्रता संग्रामीहरूले दिएका स्लोगन, फ्ल्यागहरूमा वन्दे मातरम त्यसको स्वर बनेको थियो। वन्दे मातरम् सम्पूर्ण भारतको सामूहिक अभिव्यक्तिको प्रतिनिधित्व गर्दै सम्पूर्ण देशलाई एकतको सूत्रमा बाँध्ने मन्त्र बन्यो। यस गीतले हरेक भारतीयको मनमा यो भाव रच्ने प्रयास गऱ्यो कि व्यक्ति जाति-मत-धर्मदेखि माथि उक्लेर राष्ट्रको बारेमा सोच्न सकोस् अनि राष्ट्रप्रथमको भावसितै राष्ट्रमाताप्रति सामूहिक अभिव्यक्ति होस्। योगीले वन्दे मातरमलाई भारतको भक्ति-शक्तिको सामूहिक शाश्वत अभिव्यक्तिको सामूहिक स्वरूप बताए। उनले भने, वन्दे मातरमको अमर गीतसितै यो 150 वर्ष पूरा भएको अवसरमा हामी सबैले यसका रचयितालाई पनि स्मरण गरिरहेका छौं। संविधान सभाले यस गीतलाई 24 जनवरी, 1950-मा भारतको राष्ट्रगीतको रूपमा मान्यता दियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा