
अनुपपुर, 7 नोभेम्बर (हि.स.)। मध्य प्रदेशको अनुपपुर जिल्लाको बिजुरी थाना अन्तर्गत ग्राम पञ्चायत उमर्दा, छतई मंटोलिया औ मझोलीमा अदाणी समूहको अनुपपुर पावर प्लान्ट विरूद्ध शुक्रवार ग्रामीण तथा श्रमिकहरूले विरोध प्रदर्शऩ गरे। प्रदर्शनकारीहरूले कम्पनीमाथि शोषण गरेको अनि वाचा पूरा नगरेको आरोप लगाए।
प्रदर्शनकारीहरूको भनाइ छ, कम्पनीका मानिसहरूले कर्मचारीहरूलाई गाली गर्नका साथै उनीहरूलाई नोकरीबाट निकाल्ने धम्की समेत दिन्छन्। साथै श्रमिकहरूको शोषण गरिँदैछ। श्रमिकहरूको पारिश्रमिक, सीएसआर फण्ड तथा भत्ताको राशि भुक्तान गरिरहेको छैन। यस अतिरिक्त स्थानीय मानिसहरूले यो पनि आरोप लगाए, कम्पनीले उनीहरूलाई रोजगार दिने वाचा गरेको थियो, तर त्यसलाई पनि पूरा गरेको छैन। यी सबै मुद्दाहरूलाई लिएर ग्रामीणहरूले उर्मदा चौरस्तामा व्यापक नाराबाजी गर्दै आफ्नो विरोध प्रकट गरे। घटनास्थलमा ठूलो संख्यामा पुलिस बल उपस्थित रह्यो। अदानी कम्पनीका जिम्मेवार अधिकारीहरूले पनि घटनास्थलमा पुगेर ग्रामीणहरूलाई कारबाही गर्ने आश्वासन दिए जसपश्चात प्रदर्शन समाप्त भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा