
पश्चिम मेदिनीपुर, 7 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको नारायणगढ़ थाना क्षेत्रको डहरपुर नजिक खड़गपुर-बालेश्वर राष्ट्रिय राजमार्ग-16 मा गए बिहीवार अबेर साँझ भएको सड़क दुर्घटनामा एक जना महिलाको मृत्यु भयो। दुर्घटना त्यसबेला भयो जतिबेला आमा-छोरी मोटरसाइकलमा सवार भई मकरामपुरमा जगद्धात्री पूजा मेला हेर्न गइरहेका थिए।
पुलिस र स्थानीय सूत्र अनुसार मृतकाको पहिचान नारायणगढ़को हांदला राजगढ़ क्षेत्रस्थित सोनाझाड़ी निवासी बारी मुर्मू (आमा)-को रूपमा गरिएको छ। तिनी आफ्नी छोरी रोहिणी मुर्मूसित बाइक मार्फत मकरामपुर तर्फ गइरहेकी थिइन्। राष्ट्रिय राजमार्गमा पुगेपछि अचानक बाइकको नियन्त्रण बिग्रियो जसले गर्दा दुवै आमा-छोरी सड़कमा लड़े। यसै अवधि पछाड़िबाट आइरहेको द्रूत गतिको ट्रकले बारी मुर्मूलाई कुल्चियो जसले गर्दा तिनको घटनास्थलमै मृत्यु भयो भने छोरी गम्भीर रूपमा घाइते भई।
सूचना पाउनसाथ नारायणगढ़ थाना पुलिस र राष्ट्रिय राजमार्ग प्राधिकरणको टीम घटनास्थलमा पुग्यो। घाइते युवतीलाई तत्कालै मकरामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ती गरियो जहाँ स्थिति झन् गम्भीर भएपछि उसलाई अर्को अस्पतालमा स्थानान्तरण गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा