'वन्दे मातरम' स्वतन्त्रता संग्रामको मुटुको धड्कन: मुख्यमन्त्री तामाङ
ps tamang


गान्तोक, 07 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले 'वन्दे मातरम' को 150औं गौरवशाली वर्षको सम्झना गर्दै हाम्रो राष्ट्रको आत्मालाई जगाउने पवित्र गीतप्रति हामी हार्दिक नमन अर्पण गर्दछौं भनेका छन्। उनले यसका भावुक पदहरू भारतको स्वतन्त्रता संग्रामको मुटुको धड्कन तथा एकता, शक्ति र गौरवको स्थायी प्रतीक बनेको बताएका छन्।

मुख्यमन्त्री तामाङले शुक्रवार बिहान सामाजिक सञ्जाल पोस्टमा यस ऐतिहासिक अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान नयाँ दिल्लीमा 'वन्दे मातरम' को एक वर्षव्यापी राष्ट्रव्यापी स्मरणोत्सवको शुरुवात गर्ने जानकारी गराएका छन्। उनले यो गौरवशाली माइलखुट्टीलाई मनाउन र देशभर वन्दे मातरमको भावनालाई पुनर्जीवित गर्न प्रधानमन्त्रीसँग सामेल हुन आह्वान पनि गरेका छन्।

मुख्यमन्त्रीले वन्दे मातरमको शाश्वत भावनाले हामीलाई हाम्रो प्यारो मातृभूमिको भक्ति, साहस र प्रेमका साथ निरन्तर सेवा गरिरहन प्रेरित गरोस् भनी कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande