
सिलगढ़ी, 8 नोभेम्बर (हि.स)। पानी ट्याङ्की चौकीको पुलिसले शनिवार महाकाल पल्ली क्षेत्रस्थित महानन्दा नदीको किनारबाट एक अज्ञात व्यक्तिको शव उद्धार गरेको छ। शनिवार बिहान स्थानीय मानिसहरूले नदीको किनारमा एकजना व्यक्तिलाई अचेत अवस्थामा देखे। त्यसपछि हतार-हदार पुलिसलाई घटनाको जानकारी दिइयो। सूचना पाएर पानी ट्याङ्की चौकीको पुलिस घटनास्थलमा पुग्यो अनि व्यक्तिलाई सिलगढ़ी जिल्ला अस्पतालमा पुऱ्यायो। चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए। पछि पानी ट्याङ्की चौकी पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। प्राथमिक अनुमानमा व्यक्तिको मृत्यु हार्ट अट्याकबाट भएको हुनसक्छ। पुलिस उक्त व्यक्तिको पहिचान जुटाउन लागिपरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा