भाजपा दार्जिलिङ जिल्लाको संगठनात्मक सभा सम्पन्न
भाजपा दार्जिलिङ जिल्लाको संगठनात्मक सभा सम्पन्न


दार्जिलिङ, 8 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टीको सांगठनिक सभा आज दार्जिलिङ सेन्ट्रल हेरिटेज हलमा सम्पन्न भयो। सभाको अध्यक्षता भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले गरेका थिए।

कार्यक्रममा मुख्य अतिथि तथा प्रमुख वक्ताका रूपमा भारतीय जनता पार्टी पश्चिम बङ्गाल राज्य समितिबाट चुनावी सह-प्रभारी तथा त्रिपुराका भूतपूर्व मुख्यमन्त्री विप्लव कुमार देव उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा दार्जिलिङका सांसद राजु विष्ट उपस्थित थिए।

सभामा भाजपा जिल्ला उपाध्यक्षहरू, महासचिवहरू, सबै मोर्चाका पदाधिकारीहरू, जिल्ला कार्यसमिति सदस्यहरू, मण्डल अध्यक्षहरू, शक्ति केन्द्र प्रमुखहरू र पार्टीका समर्पित कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा आगामी चुनाउलाई लिएर सांगठनिक सुदृढीकरण, बुथ सुदृढ अभियान र जनसम्पर्क विस्तारका विषयमा विस्तृत छलफल भएको थियो।

वक्ताहरूले पार्टीको मूल मन्त्र “सबका साथ, सबका विकास” लाई आत्मसात् गर्दै संगठनको हरेक तहमा कार्यकर्ताहरू सक्रिय रहनुपर्नेमा जोड दिए। कार्यक्रमले दार्जिलिङ जिल्लामा पार्टीको संगठनात्मक एकता, प्रतिबद्धता र राष्ट्रसेवाको दृढ सङ्कल्प झल्काएको थियो। यो सभा केवल सांगठनिक बैठक मात्र नभई दार्जिलिङ जिल्लामा भाजपा परिवारको एकता, जोश र राष्ट्रभक्तिको प्रतीकका रूपमा रहेको बताइएको छ‌।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande