आईजीजेएफले अल पार्टी मिटिङमा अंश ग्रहण नगर्ने
आईजीजेएफले अल पार्टी मिटिङमा अंश ग्रहण नगर्ने


दार्जिलिङ, 8 नोभेम्बर (हि.स.)। पूर्व घोषित कार्यक्रमका कारण आइताबार हुने अल पार्टी मिटिङमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले‌ अंश ग्रहण गर्न नसक्ने भएको छ।

इन्टरलोक्युटरको विषय अहिले पहाडमा निकै चासोको विषय बन्न गएको छ। यस विषयमाथि आइतवार गोर्खा जनमुक्ति मोर्चाले अल पार्टी मिटिङ डाकेको छ। मिटिङमा आईजीजेएफ तथा अजय एडवर्ड्सलाई निम्ताएकोमा गोर्खा जनमुक्ति मोर्चाप्रति आभार जनाइएको छ।

यस विषयमा पत्रकारहरुलाई दार्जिलिङमा सम्बोधन गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रिय सदस्य एनबी खवासले भने, हामीले गोर्खाल्याण्ड आन्दोलनको क्रममा शहीद भएका ती शहीदहरूको स्मरण स्वरूप उनीहरूको सालिगको निर्माण गर्दै आएका छौं। यसै क्रममा गत महिना अघि नै सोनादा क्षेत्रका रिङटङको कालू बस्ती निवासी शहीद खडका माया शर्माको सालिग निर्माण गरेका छौं।

उनको सालिगको अनावारण आइतवार गरिने पूर्व घोषित कार्यक्रम रहेकाले पार्टीका सबै नेतृत्वहरू उक्त कार्यक्रममा अंश ग्रहण गर्न जानेछन्। यस कारण अल पार्टीको बैठकमा आईजीजेएफले अंश ग्रहण गर्न सक्ने छैन।'

एनबी खवासले भने, 'इन्टरलोक्युटरको विषयमाथि मोर्चाको नेतृत्वहरूको बयान हामीले सुन्दै आइरहेका छौँ। तर, घटक दलभित्र नै दुईवटा कुरा बाहिर आइरहेको छ।इन्टरलोक्युटरलाई हामी स्वागत जनाउँछौं। जब इन्टरलोक्युटर पहाड आउनेछ, हामी हाम्रो पक्ष राख्नेछौँ। इन्टरलोक्युटरलाई हामीले एक सुनौलो अवसरको रूपमा हेरेका छौँ। पहाड तराई डुवर्स साथै गोर्खाहरूको आकांक्षलाई लिएर दिल्लीको नर्थ ब्लकमा जानु पर्ने हो, तर सरकार हाम्रो समस्या सुन्न हामी कहाँ आउँदैछ योभन्दा राम्रो कुरा अरू के हुन सक्छ। तर इन्टरलोक्युटर नियुक्ति गरिएको अधिसूचना सार्वजनिक किन गरिॅंदैन, यो संदेहजनक विषय छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande