
नयाँ दिल्ली, 8 नोभेम्बर (हि.स.)। भारतीय राष्ट्रिय छात्र संगठन (एनएसयूआई)- का राष्ट्रिय अध्यक्ष वरुण चौधरीले एनएसयूआईको बीएचयू एकाईका अध्यक्ष सुमन आनन्दको पक्राउलाई लिएर चिन्ता व्यक्त गरेका छन्। उनले सुमन र अन्य छात्रहरूलाई तत्काल रिहा गर्ने माग गरेका छन्। चौधरीले एक बयानमा भने, सुमन आनन्दलाई गत सोमवार अपरान्ह 2 बजे होस्टेल कक्षबाट हिरासतमा लिइएको थियो जुन वाराणसीमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा “भोट चोरी”- को विरोधमा निर्धारित शान्तिपूर्ण प्रदर्शन गर्न केही घण्टा अगाड़ि हो। सुमन आनन्द वाराणसीको लंका पुलिस स्टेशनमा छन्। क्याम्पसबाट प्राप्त रिपोर्ट अनुसार पुलिस टीमले होस्टेल र बीएचयू पुस्तकालयमा खोजिरहेको छ ताकि प्रदर्शनको योजना बनाउने छात्रहरूलाई चिन्हित गर्न सकियोस्। चौधरीले भने, बीएचयूभित्र शान्तिपूर्ण प्रदर्शन गर्ने योजना बनाउने छात्रहरूलाई पक्राउ गर्नुले लोकतान्त्रिक अभिव्यक्तिको रक्षाको आवश्यकतालाई रेखांकित गर्दछ। उनले भने, लोकसभामा विपक्षका नेता राहुल गान्धीले “भोट चोरी”-सित सम्बन्धित चिन्ताहरूलाई राष्ट्र समक्ष राखेका छन् जसबाट निर्वाचनको पारदर्शितामाथि चर्चा शुरू भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा