
फतेहाबाद, 8 नोभेम्बर (हि.स.)। फेसबुक/इन्स्टाग्राम एडभरटाइजमेन्ट फ्रडको एक मामिलामा फतेहाबाद पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान कपिल, पुत्र कुलदीप सिंह, निवासी बालसमन्द, जिल्ला हिसारको रूपमा गरिएको छ। पुलिसले आरोपीको कब्जाबाट 5 हजार नगद जफत गरेको छ। यसपूर्व पनि यसै मामिलामा अर्को आरोपीलाई पुलिसले पहिला नै पक्राउ गरिसकेको छ।
शनिवार थाना साइबर क्राइम प्रभारी निरीक्षक राहुल देवले बताए, यो मामिला सिकायतकर्ता ज्योति, पुत्री मनोहर लाल ग्रोवर, निवासी मडल टाउन, फतेहाबादको सिकायतमा दर्ता गरिएको थियो। सिकायतकर्ताल केही बताइन्, गत 31 जनवरीमा उसको मोबाइल नम्बरमा अज्ञात व्यक्तिले अनलाइन रिभ्यु दिएको सट्टामा पैसा दिने प्रलोभन देखाएर ठग्यो। आरोपीले केही यूपीआई आईडीको माध्यमबाट अलग-अलग ट्रान्जेक्शनमा 1 लाख 6 हजार 500 रुपियाँ आफ्नो खातामा स्थानान्तरण गरायो अनि पछि ब्लक गरिदियो। पीड़िताले यसको अनलाइ सिकायत गत 2 फरवीरमा दर्ता गरेकी थिइन्। यसैको आधारमा थाना साइबर क्राइम फतेहबादमा जाँच आरम्भ गरियो। जाँचमा तनिकी साक्ष्य तथा ब्यांक ट्रान्जेक्शन एनालिसिसबाट आरोपी कपिललाई पक्राउ गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा