
कोलकाता, 8 नोभेम्बर (हि.स.)। एसआईआरको विरोधमा ठाकुरनगरको मतुआ ठाकुरबाड़ीमा आयोजित अनशन अवधि शुक्रवार तीनजना अनशनकारीहरू अचानक बिमार भए। सूत्रानुसार तीनै अनशनकारीहरूलाई तत्काल चिकित्सकीय सहायता दिइयो साथै मञ्चमै उनीहरूलाई सलाइन लगाउने व्यवस्था गरियो। तथापि उनीहरूले स्पष्ट रूपमा अनशन भंग नगर्ने बताएका छन्।
जानकारी मुताविक यस अनशनमा 21 जना मानिसहरू सामेल छन्। शनिवार यस आन्दोलनको चौथो दिन हो। गत बुधवारदेखि तृणमूल कंग्रेस समर्थित अल इण्डिया मतुआ महासंघको नेतृत्वमा यो अनशन शुरू भएको थियो। शुरुआतमा 24 जना मानिसहरू अनशनमा बसेका थिए। गए शुक्रवार अन्य तीनजना अनशनकारीहरू क्रमैले नगेन मण्डल, नारायण बारुई र त्रिनाथ घरामीको स्वास्थ्य बिग्रियो।
घटनास्थलमा उपस्थित मेडिकल टीमले बतायो, तीनैजनामा डिहाइड्रेशनको समस्या पाइएको छ भने एकजनाको अवस्था अपेक्षाकृत गम्भीर छ। उनको ब्लड प्रेशर धेरै तल झरेको थियो जसपश्चात डाक्टरहरूले तुरून्त सलाइन दिने फसेला लिए। तथापि तीनैजनाले मञ्च छोड़ेका छैनन् र अनशनलाई जारी राखेका छन्।
यो अनशन ठाकुरबाड़ीमा बड़ो माँ बीनापाणी देवीको घर सामु भइरहेको छ। महासंघका संगठन सचिव नरोत्तम विश्वासले भने, “यस अनशनमा बसेका सबै मानिसहरूको नाम वर्ष 2002-को मतदाता सूचीमा नाम दर्ता छ। उनीहरू कुनै स्वार्थ लिएर होइन आम मानिसहरूको अधिकार रक्षाको लागि यो आन्दोलन गरिरहेका छन्।
एसआईआरलाई लिएर मतुआ ठाकुरबाड़ीमा अहिलेघरि आन्तरिक गुटबाजी चरममा पुगेको छ। “हिन्दू प्रमाणपत्र” वितरणलाई लिएर पनि मतुआ समुदायमा तीव्र असन्तुष्ट व्याप्त छ। समुदायका केही मानिसहरूले भनिरहेका छन्, “हामी हिन्दू हुँदाहुँदै पनि 100 रुपियाँ खर्च गरेर कसैबाट प्रमाणपत्र किन लिनु?”
यस मुद्दामा ठाकुरबाड़ीका भाजपा सांसद शान्तनु ठाकुर र विधायक सुब्रत ठाकुरलाई लिएर तृणमूलकी राज्यसभा सांसद ममताबाला ठाकुरलेकड़ा टिप्पणी गरेकी छन्। उनको आरोप छ, भाजपाले यस धार्मिक तथा सामाजिक आन्दोलनलाई राजनीतिक रंगमा रंगाउने चेष्टा गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा