
नयाँ दिल्ली, 8 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बताइन्, रिठाला मेट्रो स्टेशन नजिक जेजे क्लस्टरको झोपड़ी बस्तीमा गए शुक्रवार अबेर राती लागेको आगोलाई पूर्ण रूपले नियन्त्रण गरिएको छ। घाइतेहरूलाई तत्कालै अस्पतालमा पुऱ्याइयो भने प्रभावित क्षेत्रमा राहत अनि पुनर्वास कार्य द्रूत गतिमा भइरहेको छ।
मुख्यमन्त्रीले शनिवार एक्समा पोस्ट गरी बताइन्, प्रशासनले तत्परताले सबै आवश्यक कदम उठायो अनि आगोलाई नियन्त्रण गर्नको लागि अतिरिक्त टीमहरूलाई खटायो। प्रभवित मानिसरूको लागि भोजन-पेयजलको व्यवस्था गरिएको छ। अस्थायी आश्रय स्थल स्थापना गरिँदैछ भने स्थायी राहत केन्द्र, रिठाला कम्युनिटी सेन्टरमा स्थापना गरिएको छ। उनले भनिन्, 24×7 क्याट्स एम्बुलेन्स र मेडिकल टीम तैनाथ छ। दिल्ली नगरनिगमद्वारा अवशेषहरूलाई हटाउने कार्य अनि राजस्व विभागद्वारा प्रभावितहरूको सत्यापन गर्ने कार्य गरिँदैछ।
उल्लेखनीय छ, दिल्लीको रोहिणी स्टेशन क्षेत्रस्थित रिठाला मेट्रो स्टेशन निकट झोपड़ी बस्तीमा गए शुक्रवार राती आगलागी भयो। यस घटनामा एकजना व्यक्तिको मृत्यु भयो भने अर्को जलेर घाइते भए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा