
फतेहाबाद, 8 नोभेम्बर (हि.स.)। जाली फेसबुक आईडी बनाएर 01 लाख 10 हजार रुपियाँ ठगेको मामिलामा जिल्लाको जाखल पुलिसले एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान नितिन कुमार बैरवा, पुत्र मुकेश कुमार बैरवा, राजस्थानको रूपमा भएको छ। पुलिसले आरोपीबाट 22 हजार रुपियाँ नगद जफत गरेको छ।
शनिवार जाखल थाना प्रभारी उपनिरीक्षक सुरेशले बताए, सिकायतकर्ता सतपाल सिंह, पुत्र गुरदयाल सिंह निवासी उदयपुर, जिल्ला फतेहाबादले सिकायत दर्ता गराए, गत 5 अगस्तमा कुनै अज्ञात व्यक्तिले उनका छोरा जगदीप सिंह जो क्यानडामा बस्छन्,-को नाममा जाली फेसबुक आईडी बनाएर ठगी गऱ्यो। आरोपीले आफूलाई उनको छोराको रूपमा प्रस्तुत गरेर बतायो, उसलाई क्यानडामा एजेन्टलाई 01 लाख 10 हजार रुपियाँ दिनुछ, यदि पैसा दिएन भने उसको भिजा रद्द गरिदिनेछ।
पीड़ितले भरोसा गरेर यो रासि ब्यांक अफ बड़ौदा , शाखा दौसा, राजस्थानको खातामा जमा गराए। पछि असली छोरासित बातचित हुँदा मात्र आफू ठगिएको थाहा भयो। त्यसपछि पीड़ितले तत्कालै साइबर हेल्पलाइन 1930-मा सिकायत दर्ता गराए। सिकायत प्राप्त हुनसाथ पुलिसले साइबर पोर्टल र तकनिकी साक्ष्यहरूको आधारमा गहन जाँच शुरू गऱ्यो। जाँचमा ठगी राजस्थान निवासी नितिन कुमार बैरवाले गरेको थाहा लाग्यो जसलाई पुलिसले पक्राउ गऱ्यो।
आरोपीबाट जफत गरिएको मोबाइल डेटा र ब्यांक विवरणको जाँच जारी छ ताकि ठगी नेटवर्कका अन्य सदस्यहरूलाई पनि चिन्हित गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा