
कुलगाम, 8 नोभेम्बर (हि.स.)। एक व्यापक आतंकवाद-रोधी अभियानमा कुलगाम पुलिसले गए शुक्रवार पाकिस्तान/पाकिस्तान अधिकृत कश्मीरबाट सक्रिय जम्मू-कश्मीरका नागरिकहरूसित सम्बन्धित केही आफन्त र उनीहरूका भूमिगत कार्यकर्ताहरूमाथि कारबाही गर्नको साथै जिल्लाभरि नै उनीहरूको समर्थन नेटवर्कलाई लक्षित गऱ्यो।
विशिष्ट गुप्त सूचनाको आधारमा कारबाही गर्दै पुलिसले कुलगामका विभिन्न क्षेत्रहरूमा कतै घेराबन्दी त कतै खोजी अभियान संचालन गऱ्यो जसमा ती मानिसहरूमाथि ध्यानकेन्द्रित गरियो जसले सीमापारि बसेका आफन्तहरूको इशारामा आतंकवादी गतिविधिहरूलाई सुविधानजक बनाएको तथा वित्तपोषित गरेकोमा आरोपी छन्।
पुलिस अनुसार पाकिस्तान/पाकिस्तान अधिकृत कश्मीरबाट सक्रिय जम्मू-कश्मीरका नागरिकहरूका आफन्तहरू र उनीहरूका भूमिगत कार्यकर्ताहरूविरूद्ध राष्ट्रविरोधी गतिविधिहरूमा उनीहरूको निरन्तर संलिप्तताको लागि कानूनको सम्बन्धित प्रावधान अन्तर्गत मामिला दर्ता गरिएको छ। भनिन्छ, यी आरोपीहरूले आतंकवादी संगठनहरूको लागि सहायता प्रदान गरिरहेका थिए, दुष्प्रचार गरिरहेका थिए एवं भर्ती प्रयासमा सहयोग गरिरहेका थिए।
छापेमारी अवधि पुलिसले भन्यो, केही स्थानहरूबाट केही डिजिटल उपकरण र अन्य आपत्तिजनक सामग्री जफत गरियो। शान्ति एवं सुरक्षालाई कायम राख्ने आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याउँदै कुलगाम पुलिसले भन्यो, आतंकवादी नेटवर्क औ उनीहरूका समर्थकहरूविरूद्ध अभियान त्यसबेलासम्म जारी रहनेटछ जबसम्म जिल्लामा आतंकवादको तन्त्र पूर्ण रूपमा नष्ट हुँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा