
नयाँ दिल्ली, 8 नोभेम्बर (हि.स.)। दिल्लीको दक्षिण जिल्लाको साइबर पुलिसले नक्कली नोकरी दिलाउने एउटा ठूलो ऱ्याकेटको भण्डाफोर गर्दै नौजना आरोपीहरूलाई पक्राउ गरेको छ। यी आरोपीहरूमा गिरोहको मास्टरमाइण्ड, एकजना टेलीकम कम्पनीका कर्मचारी तथा सातजना महिला टेलीकलरहरू सामेल छन् जसले इण्डिगो एयरलाइन्सको नाममा बेरोजगार युवाहरूलाई नोकरी दिलाउने प्रलोभन देखाएर ठगी गर्दै आइरहेका थिए। आरोपीहरूको कब्जाबाट 23 वटा इलेक्ट्रनिक उपकरण, 19 वटा सिम कार्ड, 8 वटा यूपीआई आईडी, ब्यांक खाताको क्यूआर कोड अनि एउटा वाई-फाई राउटर जफत गरिएको छ।
दक्षिण जिले के पुलिस उपायुक्त अंकित चौहान ने शनिवार को बताया कि साइबर थाने में अमरजीत यादव नामक व्यक्ति ने शिकायत दर्ज कराई थी कि उन्होंने ओएलएक्स पर नौकरी खोजते समय इंडिगो एयरलाइंस के नाम से कॉल प्राप्त की। कॉल करने वालों ने इंटरव्यू और यूनिफॉर्म के नाम पर उनसे 11,000 की ठगी कर ली। पुलिस ने शिकायत के आधार पर मुकदमा दर्ज कर जांच शुरू की।
पुलिस उपायुक्त अनुसार तकनिकी विश्लेषणबाट आरोपीहरूको लोकेशन सुभाष नगर, तिलक नगर क्षेत्रमा रहेको पत्तो लाग्यो। पुलिसले छापा मारेर मुख्य आरोपी विकास कुमार उपनाम विक्की (38)-लाई पक्राउ गऱ्यो। उसको कब्जाबाट पाँच वटा मोबाइल फोन जफ्त गरियो जसको प्रयोग ठगीमा गरिन्थ्यो।
जाँचबुझमा आरोपीले बतायो, उसले आफ्ना सहयोगीहरू क्रमाले बलजीत सिंह (टेलीकम कम्पनीका कर्मचारी) औ अन्य साथीहरूसित मिलेर गणेश नगर, तिलक नगरमा एक नक्कली कल सेन्टर संचालन गरिरहेको थियो। त्यहाँ सातजना महिला टेलीकलरले काम गर्थे जसलाई “जब् हाई” र “वर्क इण्डिया” जस्तो अनलाइन पोर्टल्सको माध्यमबाट राखिएको थियो। उनीहरूलाई 15 हजार प्रतिमहिना वेतन दिइन्थ्यो।
यी महिलाहरूले बेरोजार युवाहरूलाई कल गरेर इण्डिगो एयरलाइन्स, एयर इण्डिया आदि कम्पनीहरूको नाममा नोकरी दिलाउने प्रलोभन देखाउँथे अऩि ती युवाहरूबाट पैसा लिन्थे। पक्रा पर्ने आरोपीहरूको पहिचान विकास कुमार उपनाम विक्की, बलजीत सिंह, चरणजीत उपनाम चारू, शालिनी भारद्वाज, आरती कौर, पलवीन कौर, नन्दिनी, पूजा गुप्ता र श्वेता उपनाम शिवानी सिंहको रूपमा भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा