आईआईटी खड़गपुर तथा जर्मनीको हफ प्रौद्योगिकी विविमाझ साझेदारी
आईआईटी खड़गपुर तथा जर्मनीको हफ प्रौद्योगिकी विविमाझ साझेदारी


खड़गपुर, 08 नोभेम्बर (हि.स.)। भारत एवं जर्मनीबीच उच्च शिक्षा, नवाचार औ उद्यमिताको क्षेत्रमा सहयोगलाई नयाँ दिशा दिने उदेश्यले भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) खड़गपुर र जर्मनीको हफ प्रौद्योगिकी विश्वविद्यालयले एक दूरदर्शी संयुक्त आशय घोषणामा हस्ताक्षर गरेका छन्। यो ऐतिहासिक सम्झौता शनिवार जर्मनीको हफ विश्वविद्यालय परिसरमा सम्पन्न भयो।

यस घोषणामा हस्ताक्षर आईआईटी खड़गपुरका निदेशक प्रोफेसर सुमन चक्रवर्ती र हफ प्रौद्योगिकी विविका अध्यक्ष प्रोफेसर (डा.) एच. सी. युर्गन लेहमैनले गरे। यस अवसरमा भारतीय दूतावास, बर्लिनका परामर्शदाता (विज्ञान एवं प्रौद्योगिकी) डा. रामानुज ब्यनर्जी पनि उपस्थित थिए।

यो संयुक्त घोषणालाई भारत औ जर्मनीबीच समानता, पारस्परिकता एवं साझा लाभमाथि आधारित एक रणनीतिक शैक्षणिक साझेदारीको दिशामा महत्वपूर्ण कदम मानिँदैछ। यस साझेदारीको उदेश्य शिक्षा, अनुसन्धान तथा नवाचारको क्षेत्रमा वैश्विक सहयोगलाई सशक्त बनाउनु हो।

यस अवसरमा प्रोफेसर सुमन चक्रवर्तीले भने, “यो साझेदारीले आईआईटी खड़गपुरको त्यस दृष्टिलाई मूर्त रूप दिनेछ जसान्तर्गत वैश्विक उच्च शिक्षा सहयोगलाई केवल औपचारिक सम्झौताको रूपमा नभएर नवाचार, संस्कृति एवं सामाजिक प्रभावहरूको रूमान्तरणकारी मिशनको रूपमा हेरिन्छ।”

दुवै संस्थानले विश्वास व्यक्त गरे, यो सहयोगले नवाचार र उद्यमिताको एक सशक्त पारिस्थितिकी तन्त्र निर्माण गर्नेछ जसबाट भविष्यमा छात्र अनि शोधकर्ताहरूले एक दिगो तथा प्रगतिशील वैश्विक भविष्यको निर्माणमा योगदान दिनसक्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande