
खड़गपुर, 8 नोभेम्बर (हि.स.)। रेलवे सुरक्षा बल (आरपीएफ), खड़गपुर मण्डलले यात्री सुरक्षा, सतर्कता औ मानवीय सेवाप्रति आफ्नो समर्पणलाई फेरि एकपटक प्रमाणित गरेको छ। अधिकारीहरूले शनिवार जानकारी दिए, नोभेम्बरको प्रथम सप्ताहमा आरपीएफ कर्मीहरूद्वारा केही सराहनीय औ संवेदनशील कारबाही गरियो।
आरपीएफ पोस्ट हिजलीका कर्मचारीहरूले गत 6 नोभेम्बरमा ट्रेन संख्या 12801 मा एकजना यात्रीद्वारा छोड़िएको नीलो रंगको ब्याग जफत गऱ्यो। सत्यापनपछि लगभग चार हजार रुपियाँको कपड़ाले भरिएको उक्त ब्याग मयूरभंज (ओडिशा) निवासी राजेश कुमार मोहन्तालाई सुम्पिइयो।
यसरी नै 6 नोभेम्बरको दिन नै ट्रेन संख्या 18419 (पुरी–जयनगर एक्सप्रेस)-मा यात्रा गरिरहेकी रानी कुमारी नामक महिला यात्रीले हिजली स्टेशनमा प्रसव पीड़ा अवधि बालकलाई जन्म दिइन्। आरपीएफ, ‘मेरी सहेली’ तथा रेलवे चिकित्सा कर्मीहरूले तत्काल सहायता प्रदान गरी आमा-छोरा दुवैलाई सुरक्षित रूपमा रेलवे मुख्य अस्पताल खड़गपुरमा पुऱ्याए।
यस अतिरिक्त ट्रेन संख्या 12822 (धौली एक्सप्रेस)-बाट तीनजना बेपत्ता नाबालिकहरूलाई आरपीएफ/शालीमार औ एस्कर्ट पार्टीले खोजेर बचायो। यी नाबालिकहरूलाई चाइल्डलाइन हावड़ामा सुरक्षित सुम्पिइयो।
गए 7 नोभेम्म्बरमा आरपीएफ/टिकियापाड़ा पोस्टले एससीएनएल/खड़गपुर र मेरी सहेली टीमको मद्दतले ट्रेन संख्या 18006 (पुरुलिया–हावड़ा एक्सप्रेस)-बाट एउटा बेवारिसे ब्याग जफत गरी त्यसको मालिक अजय कुमार झुनझुनवालालाई सुम्पियो। सोही दिन आरपीएफ/आंदुल कर्मीहरूले 21,000 रुपियाँको रेडमी मोबाइल फोन जपत गरी त्यसकी स्वामिनी मौमिता दासलाई फर्काइदियो। अधिकारीहरू अनुसार यी सबै उदाहरणले आरपीएफ कर्मीहरूको सतर्कता, इमानदारी तथा जनसेवाको भावनालाई दर्शाउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा