
जलपाइगढी, 8 नोभेम्बर (हि.स)। डामडिमका बासिन्दाहरूले आफ्ना प्यारा सीमा सुक्षा बल (बीएसएफ)-का जवान बलिराम भारती (38)-लाई अश्रुपूर्ण आँखा लिएर अन्तिम विदा दिए। डामडिमको कदमतला क्षेत्र निवासी बलिराम भारती राँचीमा कार्यरत थिए। दुई दिन अगाड़ि ड्यूटी गर्ने क्रममा उनको दुर्घटनामा परी निधन भएको थियो। शनिवार बिहान उनको पार्थिव शरीरलाई घरमा ल्याइयो। उदलाबाड़ीदेखि डामडिमसम्मका मानिसहरूले बलिरामको पार्थिव शरीरलाई बाइक जुलूसको रूपमा घरमा पुऱ्याए। त्यसपछि डामडिममा शोक व्याप्त भयो। उनका माता-पिता, पत्नी र दुई सन्तान लगायत आफन्तहरूको रोएर बेहाल भएको छ। छिमेकी, साथी तथा आम मानिसहरू ठूलो संख्यामा उनलाई अन्तिम विदा दिन घरमा उपस्थित भएका थिए। उनको पार्थिव शरीरलाई पूर्ण राजकीय सम्मानको साथमा डामडिम रेलवे स्टेशनको छठघाटमा लगियो जहाँ उनको अन्तिम संस्कार गरियो। क्षेत्रका सयकड़ौं मानिसहरू अन्तिम संस्कारमा सामेल भए। यस अवधि डामडिमको आकाश 'बलिराम भारती अमर रहोस्' औ 'भारत माता की जय'- का नारहरूले गुञ्जयमान भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा