
गुवाहाटी, 8 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणसित गुवाहाटीको खानपारास्थित निर्माणाधिन ‘ज्योति-बिष्णु प्रेक्षागृह’- को निरीक्षण गरे। यो प्रेक्षागृह असमका दुई महान विभूतिहरूको नाममा निर्माण गरिँदैछ।
यस अवसरमा मुख्यमन्त्री डा. सरमाले बताए, पाँच हजार सीटहरूको क्षमता रहेको यो प्रेक्षागृह पूर्वोत्तर भारतको सबैभन्दा विशाल प्रेक्षागृहहरूमध्ये एक हुनेछ। उनले भने, निर्माण कार्य लगभग पूरा भइसकेको छ र यस चरणमा केन्द्रिय मन्त्रीको उपस्थिति प्रदेशको लागि प्रेरणादायी एवं उत्साहवर्दधक रह्यो।निरीक्षण अवधि परियोजनासित सम्बन्धित अधिकारीहरूले केन्द्रिय मन्त्री अनि मुख्यमन्त्रीलाई प्रेक्षागृहको वर्तमान स्थिति एवं यसको विशेषता बारे जानकारी गराए। मुख्यमन्त्रीले आशा व्यक्त गरे, यो प्रेक्षागृहले राज्यको सांस्कृतिक तथा कलात्मक गतिविधिहरूको नयाँ आयाम प्रदान गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा