रूपियाँ नदिँदा काख लिएको छोराले गऱ्यो आमा-बाबूमाथि प्राणघातक हमला
रूपियाँ नदिँदा काख लिएको छोराले गऱ्यो आमा-बाबूमाथि प्राणघातक हमला


नगाउँ, 08 नोभेम्बर (हि.स.)। नगाउँ जिल्लाको मरिकल क्षेत्रमा पैसा नदिँदा काख लिएको छोराले आमा-बाबूमाथि धारिलो हतियारले हमला गरी गम्भीर रूपमा घाइते बनाएको छ। दुवै घाइतेलाई पुलिसले अस्पतालमा भर्ती गराएको छ। घटनापछि आरोपी भागेको छ।

पुलिसले बतायो, मरिकंल क्षेत्रमा प्रभात हजारिकाले धारिलो हतियारले हमला गरी आफ्ना आमा-बाबूमाथि हमला गरेको छ। हमलामा घाइते शिक्षा विभागका रिटायर कर्मचारी हरेन बोरा र उनकी पत्नी दीप्ति बोरालाई गम्भीर अवस्थामा जिल्लाको एक निजी अस्पतालमा भर्ती गराइयो। जहाँ दुवैको अवस्था गम्भीर बनेको छ। घटनापछि आऱोपी प्रभात घटनास्थलबाट तुरन्तै भाग्यो। पुलिसले प्राथमिकी दर्ता गरी आरोपीलाई खोज्नु शुरू गरेको छ।

जानकारी अनुसार, सानैमा आमा-बाबु गुमाइसकेको प्रभात हजारिकालाई हरेन र दीप्तिले आफ्नो छोरा सरह पालेका थिए। बिहेपछि प्रभात आफ्नो पत्नीसित अलग्गै बस्थ्यो। जानकारी अनुसार, प्रभातले वृद्ध आमा-बाबूबाट 50 हजार रूपियाँ मागेको थियो। रूपियाँ नदिँदा उसले यस घटनालाई परिणाम दियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande