सिक्किमको 89 सदस्यीय ईएमआरएस टोली ओडिशा प्रस्थान
सिक्किमको 89 सदस्यीय ईएमआरएस टोली ओडिशा प्रस्थान


गान्तोक, 8 नोभेम्बर (हि.स.)। सिक्किमको एकलव्य आदर्श आवासीय विद्यालय (ईएमआरएस) का विद्यार्थीहरूको 89 सदस्यीय टोली आज ओडिशाको राउरकेलामा आयोजना भइरहेको 4औं नेशनल ईएमआरएस स्पोर्ट्स मीटमा भाग लिन प्रस्थान भएको छ। उक्त प्रतियोगिता आगामी 11 देखि 14 नोभेम्बर, 2025 सम्म आयोजना हुनेछ।

राज्य सामाजिक कल्याण विभाग अनुसार, राज्य टोलीलाई पाल्जोर स्टेडियम, रेशिथाङ खेलगाउॅं, गाङग्याप ईएमआरएस र सुन्तले ईएमआरएसमा हप्ताव्यापी प्रशिक्षण प्रदान गरियो। सिक्किमले महिला र पुरुष वर्गको फुटबल, बास्केटबल, एथलेटिक्स, बस्किङ, चेस, टेबल टेनिस र योग प्रतियोगिताहरूमा भाग लिनेछन्।

राज्य टोलीलाई सोनाम गुरुङले प्रबन्धकका रूपमा अगुवाई गरिरहेका छन्। साथै, 10 जना शिक्षक र विभागको जनजाति मामिला प्रभागका कर्मचारीहरूले सहयोग गर्नेछन्। विभागका विशेष सचिव सुमन गुरुङ, संयुक्त सचिव एवं ईएमआरएस सिक्किमका राज्य नोडल अधिकारी प्रेम कमल राईले राज्य टोलीलाई राजधानीको एसएसएनटीबाट झण्डा हल्लाएर प्रस्थान गराए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande