गोर्खाहरुको समस्या समाधानको लागि इन्टरलोक्युटर नियुक्ति साह्रै महत्वपूर्ण छैन: एक्टिभिष्ट समूह
गोर्खाहरुको समस्या समाधानको लागि इन्टरलोक्युटर नियुक्ति साह्रै महत्वपूर्ण छैन


खरसाङ, 8 नोभेम्बर (हि.स.)। वर्तमान समयमा गोर्खाहरुको समस्या समाधानको लागि नियुक्त गरिएको इन्टरलोक्युटर नियुक्ति विषयमा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले आज दार्जिलिङदेखि सोनादा‌ हुँदै खरसाङसम्म पोष्टरिङ गरेको छ। गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले दार्जिलिङ बजारमा, सोनादा बजार क्षेत्र हुँदै खरसाङ बजारमा पोष्टरिङको कार्य समाप्त गरेको छ।

समूहले अन्तिममा आएर खरसाङ बजार क्षेत्रको विभिन्न स्थानहरुमा पोष्टरिङ गर्दै गोर्खाहरुको समस्या समाधानको लागि इन्टरलोक्युटर साह्रै आवश्यकता थिएन भनी बताएको छ। उक्त पोष्टरिङको कार्यमा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका संयोजक किशोर प्रधान, सदस्य डीपी प्रधान उपस्थित रहेका थिए‌।

खरसाङमा पोष्टरिङ गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको‌ तर्फबाट डीपी प्रधानले गोर्खाहरुको समस्या समाधानको लागि इन्टरलोक्युटर नियुक्ति साह्रै महत्वपूर्ण नरहेको बताए। उनले वार्ता चलिरहेको बेला नियुक्ति गरिनु आवश्यक नरहेको, तर वार्ता फ्रिज भएमा मात्र वार्ताको मध्यस्थताको लागि इन्टरलोक्युटर नियुक्ति गरिनु पर्ने हो भनी बताए।

उनले यो केवल गोर्खाहरुको समस्या टार्नको लागि नियुक्त गरिएको हो, तर चुनाउको समयमा यसरी वार्ताको समयलाई तन्काएर लान्छ अनि चुनाउपछि हराएर जानेछ भने। प्रधानले इन्टरलोक्युटरको नियुक्ति सन्तोषजनक नरहेको साथै फलप्रद पनि नभएको बताए। उनले इन्टरलोक्युटर नियुक्ति पहिला पनि भएकै हो, तर सन्तोषजनक परिणाम प्राप्त नभएको बताउँदै गोर्खाहरुको समस्या समाधान केवल गोर्खाल्याण्डले‌ मात्र हुने पनि बताएका छन्‌।‌

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande