खरसाङ नगरपालिकाका प्रत्येक बुथमा विकास कार्यहरु गर्न सभा सम्पन्न
खरसाङ नगरपालिकाका प्रत्येक बुथमा विकास कार्यहरु गर्न सभा सम्पन्न


खरसाङ, 8 नोभेम्बर (हि.स.)। राज्य सरकारको 'हाम्रो गाउँ हाम्रो समाधान' पहल अन्तर्गत खरसाङ नगरपालिका प्रत्येक बुथमा 10 लाख रुपियाँको दरले विकास कार्यहरु गरिने विषयलाई लिएर आज सभा सम्पन्न भएको छ। उक्त सभा सभासद श्याम शेर्पाको अध्यक्षतामा सम्पन्न भयो।

सभामा 'हाम्रो गाउँ हाम्रो समाधान' परियोजनाको लागि 9 वटा बुथहरुको विकास कार्यको टेन्डर गरेर 9 वटै बुथका प्रतिनिधित्वहरुलाई लिएर खरसाङ सार्वजनिक भवन पार्क लोकेशनमा सभा सम्पन्न भयो। सभामा खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधान, युवा शक्ति खरसाङ महकुमा समितिका सभापति प्रेमेन्द्र गुरूङ, बीरबल पाख्रीन, सभासद श्याम शेर्पा लगायत अन्यहरुले सम्बोधन गरेका थिए।

सभालाई सम्बोधन गर्दै खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत खरसाङ नगरपालिकाका सबै वार्डवासीहरुका कतिपय असुविधाहरु र विकास कार्यलाई लिएर सभा आयोजना गरिएको बताए। उनले यस विषयमा सबैलाई जानकारी होस् साथै सामूहिक रुपमा विकास कार्य होस् भनेर सभा आयोजना गरिएको हो भने।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande