दवाई तस्करीको आरोपमा दुई पक्राउ
दवाई तस्करीको आरोपमा दुई पक्राउ


कूचबिहार, 08 नोभेम्बर (हि.स.)। अवैध रूपमा दवाईको तस्करीको आरोपमा पुलिसले दुई जना तस्करलाई प्रचुर मात्रामा दवाईको साथ पक्राउ गरेको छ। मेखलीगंज थाना पुलिसले शनिवार जालियातारी मोड़ क्षेत्रमा छापा मारेर एक टोटोबाट दवाई जफत गरेको छ। टोटोमा प्रचुर मात्रामा दवाई राखिएको थियो। दवाईसित सम्बन्धित कुनै वैध दस्तावेज देखाउन नसक्दा पुलिसले टोटो सहित दवाईलाई जफत गऱ्यो।

पछि पुलिसले मेंखलीगंजको डांगरबाड़ी निवासी रंजीत राय र भोटबारी निवासी तापस रायलाई पक्राउ गऱ्यो। पुलिसले टोटोबाट विटामिन 'बी' कम्प्लेक्स 'न्यूरोबियन' ट्याबलेटको 202 स्ट्रिप्स र कैल्शियम पोलीस्टाइरीन सल्फोनेट पाउडर का 251 प्याकेट जफत गरेको छ। प्रत्येकको ओजन 15 ग्राम छ। प्रारम्भिक सोधपुछमा दुवै आरोपीले स्वीकार गरे कि उनीहरूले यी दवाईहरूलाई अवैध रूपमा सीमा पारी बांग्लादेश लैजाने प्रयास गरिरहेका थिए। मेखलीगंज थाना पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande