अधबैसेको धारिलो हतियारले हत्या, आरोपी भाग्यो
अधबैसेको धारिलो हतियारले हत्या, आरोपी भाग्यो


लखनउ, 08 नाेभेम्बर (हि.स.)। उप्रको प्रय़ागराज जिल्लामा खुल्दाबाद थाना क्षेत्रको अटाला मोहल्लामा शनिवार बिहान एक अधबैसेको धारिलो हरियारले हत्या गरियो। हत्या गर्ने युवकको साथी घटनालाई परिणाम दिएर भाग्यो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गऱ्यो।

पुलिस उपायुक्त नगर मनीष कुमार शान्डिल्यले बताए, फतेहपुर जिल्ला बिन्दकी निवासी मोहम्मद सिराज उर्फ मोछा (45) शहरको खुल्दाबाद थाना क्षेत्रको अटाला मोहल्लामा गत केही दिनदेखि बसिरहेको थियो। उसको साथी अयाजले शनिवार बिहान चक्कू घोपेर उसको हत्या गऱ्यो र भाग्यो।

घटनाको सूचना पाएर खुल्दाबाद थानाको पुलिस टीम पुग्यो र शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ। घटनास्थलमा फोरेन्सिक टीम पनि पुगेको छ। पुलिस टीमले हत्याको कारण पत्तो लगाउन सोधपुछ गरिरहेको छ। यस सम्बन्धमा मृतकको परिवारसित शिकायत लिएर हत्याको मुद्दा दर्ता गरी विधिक कारबाही गरिनेछ। पुलिस टीमले घटनालाई अन्जाम दिएर भागेको युवकलाई खोज्न सम्भावित स्थानहरूमा छापा मारिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande