सामी लाखाङ गुम्बामा बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको नाममा श्रद्धरञ्जली पूजा
सामी लाखाङ गुम्बामा बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको नाममा श्रद्धरञ्जली पूजा


खरसाङ, 8 नोभेम्बर (हि.स.)। खरसाङको सामी लाखाङ गुम्बामा बौद्ध धर्म गुरु स्याङ्देन म्हेमे (चन्द्रवीर लामा) लाई श्रद्धाञ्जली अर्पण गर्न आज पूजा आयोजना गरियो। सामी लाखाङ गुम्बाका बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेका धर्म गुरु स्याङ्देन म्हेमे (चन्द्रवीर लामा) लाई सिविटारको बाघमारा बस्तीमा पुगेर श्रद्धाञ्जली अर्पण गर्न नसक्नेहरुका लागि पूजाको आयोजना गरिएको बताइएको छ।‌

सामी लाखाङ गुम्बामा दुई घ्याम्सो बत्ती बालेर साथै म्हाणि मोलम गरेर श्रद्धाञ्जली अर्पण गरियो। यस अवसरमा बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छे, उनकी पत्नी जोत्सना लामा लगायत अन्य भक्तजन उपस्थित रहेका थिए।

उल्लेखनीय छ, बौद्ध धर्म गुरु स्याङ्देन म्हेमे उर्फ चन्द्रवीर लामाको निधन गत 9 अक्टोबरको राति 104 वर्षको उमेरमा भएको थियो। उनी बज्रयानाका प्रमुख बौद्ध धर्म गुरु थिए। उनका शिष्यहरु नेपाल, सिक्किम, दार्जिलिङ, खरसाङ, सिलगढी, कालेबुङ लगायत विभिन्न स्थानहरुमा छन्।

खरसाङको सामी लाखाङ गुम्बामा आयोजित पूजा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले आफ्नो धर्म गुरु स्याङ्देन म्हेमे (चन्द्रवीर लामा) लाई श्रद्धाञ्जली अर्पण गर्न र सिविटारको बाघमारा बस्ती जान नसक्नेहरुका लागि सामी लाखाङ गुम्बामा नै पूजाको आयोजना गरिएको जानकारी गराए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande