
सोरेङ, 8 नोभेम्बर (हि.स.)। सिङलिङ एससी (सोरेङ) 18औं स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। च्याखुङ खेलमैदानमा आज खेलिएको फाइनल खेलमा सिङलिङ एससीले प्रतिद्वन्दी दल याङथाङ युनाइटेड (गेजिङ) लाई 2-1 गोलले पराजित गरेर उपाधि आफ्नो नाम गऱ्यो।
विजेता दलका खेलाड़ी प्रकाश दर्जीलाई म्यान अफ् द म्याच घोषणा गरियो। यसरी नै सर्वाधिक गोल गर्ने खेलाड़ीका रूपमा रेड पाण्डा, नाम्चीका खेलाड़ी डिल्लीराम सन्यासीलाई पुरस्कृत गरियो। यसै क्रममा सिङलिङ एससीका गोल किपरलाई उत्कृष्ट गोलकिपर पुरस्कार र सिङलिङ एससीकै खेलाड़ी रोशन सुब्बालाई प्लेयर अफ् द टुर्नामेन्ट पुरस्कार प्रदान गरियो।
कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा पुरस्कार वितरण गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल