
सोरेङ, 8 नोभेम्बर (हि.स.)। 18औं एलडी काजी स्मारक स्वर्ण कप आयोजन समितिले आज सोरेङमा च्याखुङ रन म्याराथन सफलतापूर्वक सम्पन्न गऱ्यो। यस दौड़ प्रतियोगितामा सिक्किम तथा राज्य बाहिरबाट पनि धेरै संख्यामा धावकहरू सहभागी बने। कूल तीनवटा दौड़ वर्गमा सम्पन्न गरिएको यस म्याराथनमा रेकर्ड 1,683 जनाले भाग लिएको बताइएको छ।
पुरुष वर्गको 21 किलोमिटर दौड़मा मेशहाक बुगुआ प्रथम, रवि गुलिया दोस्रो र विवेक पाठक तेस्रो भए। यसरी नै महिला वर्गको 21 किलोमिटर दौड़मा त्सेहे देसा लिन प्रथम, तामसी सिंह दोस्रो र मुन्नि देवी तेस्रो भए। दुवै वर्गका प्रत्येक विजेताहरूलाई क्रमश: 1,01,000 रूपियॉं, 75,000 रूपियॉं र 51 हजार रूपियॉं प्रदान गरियो।
यसरी नै पुरुष वर्गको 10 किलोमिटर दौड़ वर्गमा विवेक छेत्री प्रथम, सरोज मंगर दोस्रो र विठ्ठल वाड्जे तेस्रो भए। यसै वर्गको महिला दौड़मा अन्जुली सुब्बा प्रथम, चन्द्रकला शर्मा दोस्रो र बन्दना सुब्बा तेस्रो भए। दुवै वर्गका प्रत्येक विजेताहरूलाई क्रमश: 31,000 रूपियॉं, 21,000 रूपियॉं र 11,000 रूपियॉं प्रदान गरियो।
फन रन अन्तर्गत पुरुष वर्गमा कुमार बस्नेत प्रथम, ब्रह्म लाल दोस्रो र मनोज कामी तेस्रो भए। यसै वर्गको महिला वर्गमा सम्झना सुब्बा प्रथम, सुशीला चौहान दोस्रो र सपना खनाल तेस्रो भए। दुवै वर्गका प्रत्येक विजेताहरूलाई क्रमश: 21,000 रूपियॉं, 15,000 रूपियॉं र 11,000 रूपियॉं प्रदान गरियो।
यसैगरी, 21 किलोमिटर दौड़ वर्गका 10 जना धावकहरूलाई 21-21 हजार रूपियॉं, 10 किलोमिटर वर्गका प्रत्येक धावकहरूलाई 5,100-5,100 रूपियॉं र 5 किलोमिटर वर्गका धावकहरूलाई 2,100-2,100 रूपियॉं सान्तवना पुरस्कार प्रदान गरियो।
यस अवसरमा मन्त्री राजु बस्नेत, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, सल्लाहकारगण, अध्यक्षगण, गान्तोकका मेयर, सोरेङका जिल्ला अध्यक्ष र जिल्लापाल लगायत अन्यहरू पनि अतिथि धावकको रूपमा सहभागी बनेका थिए। सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले च्याखुङ फुटबल खेल मैदानबाट झण्डा हल्लाएर दौड़ शुभारम्भ गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल