
दक्षिण 24 परगना , 8 नोभेम्बर (हि.स.)। दक्षिण 24 परगना जिल्लाको उस्ती थाना क्षेत्रबाट एक हृदयविदारक घटना सामु आएको छ। आफ्नै 14 वर्षीय छोरीसित बारम्बार दुष्कर्म गरेको आरोपमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीको पहिचान अशादुल शेखको रूपमा भएको छ।
पुलिस सूत्र अनुसार घटनाको खुलासा त्यसबेला भयो जतिबेला पीड़िताकी आमा स्वयंले थानामा सिकायत दर्ता गरिन्। सिकायतको आधारमा शनिवार नजरा गाउँमा पुलिसले छापा मारेर आरोपी पितालाई पक्राउ गऱ्यो। यस घटनाले क्षेत्रमा व्यापक आक्रोश फैलिएको छ साथै स्थानीय मानिसहरूले घटनालाई लिएर गहिरो रोष व्यक्त गरेका छन्।
डायमण्ड हार्बर पुलिस जिल्लाका अतिरिक्त पुलिस अधीक्षक मिथुन कुमार देले शनिवार मीडियालाई जानकारी गराउँदै भने, “हामीले आरोपी पिता अशादुल शेखलाई पक्राउ गरेका छौं जसले आफ्नी नाबालिक छोरीसित कैयौं पटक बलजफ्ती यौन शोषण गऱ्यो।” उनले बताए, यो कारबाही डायमण्ड हार्बर थाना प्रभारीको सहयोगमा गरिएको हो।
अधिकारीले अझ भने, “पीड़िताकी आमाको सिकायतको आधारमा आरोपीविरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरिएको छ।” पुलिसले बतायो, आरोपीसित जाँचबुझ गरिंदैछ र चाँड़ै नै उसलाई अदालतमा पेश गरिनेछ। यस जघन्य कृत्यले सम्पूर्ण क्षेत्रलाई झक्झकाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा