
गान्तोक, 8 नोभेम्बर (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी) पाकिमको 69औं वाहिनीले शुक्रवार राष्ट्रगीत 'वन्दे मातरम्' को सामूहिक गायन कार्यक्रम आयोजन गऱ्यो। राष्ट्रगीत 'वन्दे मातरम्' को 150औं वर्षगॉंठको स्मरणोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
एसएसबीद्वारा आज प्रेस विज्ञप्ति अनुसार, 69औं वाहिनी एसएसबीले पाकिमस्थित आफ्नो कार्यक्षेत्र छेउको तारेथाङ सरकारी माध्यमिक विद्यालयमा राष्ट्रगीत 'वन्दे मातरम्' को सामूहिक गायन कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा वाहिनी मुख्यालयका बल कर्मीहरू, विद्यालयका शिक्षकगण र विद्यार्थीहरू सहभागी बने।
हिन्दुस्थान समाचार / बिशाल