फ्याक्ट्री गइऱहेकी युवतीको बस ठक्करले मृत्यु
फ्याक्ट्री गइऱहेकी युवतीको बस ठक्करले मृत्यु


गौतमबुद्ध नगर, 08 नोभेम्बर (हि.स.)। थाना सेक्टर 142 क्षेत्रको सेक्टर 90 निकट शनिवार बिहान एक कम्पनीमा काम गर्न पैदल गइरहेकी युवतीलाई एक बस चालकले तीव्र र लापरवाहीले वाहन कुदाउँदै कुल्च्यो। उलाई अत्यन्त गम्भीर अवस्थामा एक अस्पतालमा भर्ती गराइयो, जहाँ डाक्टरहरूले उलाई मृत घोषित गरे। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले मामिलाको जाँच गरिरहेको छ।

थाना सेक्टर 142 का प्रभारी निरीक्षक विनोद कुमार मिश्रले बताए, सुजाता (19) आज बिहान लगभग 9 बजी सेक्टर 90 स्थित एक कम्पनीमा काम गर्न पैदल गइरहेकी थिई। एक बस चालकले तीव्र र लापरवाहीले वाहन चलाउँदै सेक्टर 90 निटक उलाई ठक्कर दियो। अत्यन्त गम्भीर अवस्थामा युवतीलाई उपचारको निम्ति सेक्टर 137 स्थित फेलिक्स अस्पतालमा भर्ती गराइयो, जहाँ उपचार भइरहेको बेला उसको मृत्यु भयो। मृतकाका भाई आकाशको शिकायतमा पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande