दुष्कर्मको आरोपमा यूट्यूबर पक्राउ
दुष्कर्मको आरोपमा यूट्यूबर पक्राउ


सिलगढ़ी, 08 नोभेम्बर (हि.स.)। एक यूट्यूबरमाथि 'रील' बनाएको बहानामा युवतीको साथ दुष्कर्म गरेको घटना अघि आएको छ। पुलिसले सिलगढ़ीको उक्त चर्चित यूट्यूबरलाई पक्राउ गरेको छ। पक्रा परेको यूट्यूबरको नाम पूर्वा लामा हो। घटना सेप्टेम्बर महिनाको बताइएको छ। जबकि शिकायत अक्टोबरमा दर्ता गरिएको थियो।

सूत्रहरू अनुसार, पीड़िताको परिचय केही महिना अगाड़ी सोशल मीडिया प्लेटफार्म इन्स्टाग्राममा पूर्वा लामासित भएको थियो। आरोप छ कि यही क्रममा दुवैबीच कुराकानी बढ्यो। यूट्यूबरले युवतीलाई अधिक भ्यू पाउन साथमा काम गर्ने प्रस्ताव दियो। युवती पढ़ाईको क्रममा अर्को राज्यमा बस्छिन्। दुर्गा पूजाको छुट्टीमा सिलगढ़ी आफ्नो घर फर्केकी थिई। तब युट्यूबर पूर्वा लामाले उलाई शहरको शहीदनगर स्थित आफ्नो क्याफेमा बोलायो।

आरोप छ कि रील शूटको नाममा ड्रिंकमा नशालु पदार्थ मिस्यायो र उसको साथ दुष्कर्म गऱ्यो। पछि पीड़िताको परिवारको तर्फबाट भक्तिनगर थानामा यूट्यूबर विरूद्ध शिकायत दर्ता गराइयो। शिकायतपछि पुलिसले तत्परता देखाउँदै कारबाही गऱ्यो र आरोपी यूट्यूबर पूर्वा लामालाई पक्राउ गऱ्यो। भक्तिनगर थाना पुलिसले पूरा मामिलाको गम्भीरताले जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande