
हुगली, 01 दिसम्बर (हि. स.)। एसआईआर प्रक्रिया अवधि कतिपय क्षेत्रहरूमा मतदाता सूचीलाई लिएर मानिसहरूमा प्रश्न उठिरहेको छ। आम मानिहरूको प्रश्न छ, यदि घरमा कसैलाई भेटिएन भने के हुनेछ? यदि कसैको नाम सूचीमा छैन भने उसको के हुनेछ? यस्तै सन्देहहरूबीच एक मामिलामा बीएलओले सार्वजनिक नोटिस जारी गरी बहस अनि चर्चालाई अझ बढ़ाएका छन्।
प्राप्त जानकारी अनुसार चाँपदानी विधानसभा क्षेत्रको 111 नम्बर बूथका 25 जना भोटर अनि 112 नम्बर बूथका 30 जना भोटर गरी 55 जना भोटरहरूलाई बारम्बार प्रयास गर्दा पनि खोज्न सकिएन। त्यसपछि बीएलओले नियमानुसार सार्वजनिक नोटिस टाँसेर सो जानकारी सबैलाई दिए।
जानकारी मुताविक वैद्यबाटी नगरपालिकाको वार्ड नम्बर- 22 अन्तर्गत यी दुई बूथमा एन्युमरेशन फारम वितरण गर्न गएका बीएलओले कैयौं पटक प्रयास गर्दा पनि भोटरहरूसम्म पुग्न सकेनन्। तीन पटक क्षेत्रको दौड़ाह गरेपछि पनि मतदाताहरूको कुनै पत्तो लागेन, त्यसपछि विभिन्न स्थानहरूमा नोटिस टाँसेर स्थितिको जानकारी दिइयो।
चुनाउ आयोगको दिशा-निर्देशों मुताविक यदि कुनै मतदाता घरमा छैन भने बीएलओद्वारा सम्बन्धित क्षेत्रमा सार्वजनिक नोटिस दिन अनिवार्य छ। यसै नियमलाई पालन गर्दै बीएलओले आफ्नो काम गरे। जानकारी अनुसार बीएलओसित उपस्थित बीएलएले पनि यी भोटरहरूको बारेमा पत्तो लगाउन सकेन।
स्थानीय मानिसहरूको भनाइ छ, यदि भोटरहरू वास्तविक र सही हुन्थ्यो भने उनीहरू क्षेत्रमा हुन्थे वा उनीहरूको परिवारको कुनै सदस्य त्यहाँ उपस्थित हुन्थ्यो। तर यस मामिलामा सम्बन्धित भोटरहरूसित सम्बन्धित कुनै पनि व्यक्तिलाई पाइएन। मानिहरूको माग छ, एसआईआर प्रक्रियामा केवल वैध र वास्तविक भोटरहरूको नाम सामेल होस्। अवैध नामहरूलाई सूचीबाट हटाइयोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा