
कोलकाता, 01 दिसम्बर (हि. स.)। महानगर कोलकातामा गुड़िरहेको कारभित्रै युवतीसित दुष्कर्म गरेको घटनाको जाँचमा अचम्भको तथ्य सामु आएको छ। पुलिस अनुसार मुख्य आरोपी अल्ताफ एउटा ठूलो वित्तीय ठगीको ऱ्याकेटको सदस्य हो। आरोप छ, उसले युवतीबाट ठूलो धनराशि असुलेपछि पुलिसमा सिकायत नगर्ने धम्की दियो।
पछिल्लो शुक्रवार राती ईएम बाइपास क्षेत्रमा भएको यस घटनामा आरोप लागेको छ, अल्ताफले आफ्ना दुईजना साथीहरूसित मिलेर युवतलाई कारमा बसाएर लग्यो। उसलाई रक्सीमा नशालु पदार्थ मिसाएर पिलायो। नशामा चुर भएपछि उसलाई कारभित्र दुष्कर्म तथा कुटपिट गरियो। पछि कारले उसलाई मैदानमा छोड़ि राखेर भाग्यो। पुलिसले युवतीलाई त्यहीँ भेटेर एसएसकेएम अस्पतालमा भर्ती गरायो जहाँ उसको उपचार भइरहेको छ।
गए आइतवार अल्ताफलाई गार्डन रीच क्षेत्रमा अवस्थित उसको घरबाट पक्राउ गरियो। पुलिसले उसको दुईजना साथीहरूलाई खोजिरहेको छ जसको भूमिकाको जाँच जारी छ।
एकजना वरिष्ठ पुलिस अधिकारी अनुसार जाँचबुझमा थाहा लाग्यो, युवतीको भेट अल्ताफसित लगभग तीन महिनापूर्व एक परिचितको माध्यमबाट भएको थियो। त्यसबेला युवतीलाई केही लाख रुपियाँको खाँचो थियो र अल्ताफले आफूलाई एक कम्पनीको लोन एजेन्ट बताएर उसको विश्वास जित्यो। उसले कम ब्याज दरमा लोन दिलाउने नाममा प्रोसेसिंग शुल्कको रूपमा युवतीबाट एक लाख रुपियाँ किस्तामा लियो। पैसा पाएपछि पनि न त लोन पायो न पैसा फर्कायो। युवतीले सिकायत गर्ने चेताउनी दिँदा अल्ताफले उसलाई धम्काउन शुरू गऱ्यो।
पुलिस अधिकारीले बताए, शुक्रवार अल्ताफले युवतीलाई फोन गरेर भन्यो कि उसले केही पैसा फर्काउन चाहन्छ जसको लागि बातचित गर्नुछ। युवती ईएम बाइपासमा पुगिन् अनि अल्ताफले त्यहीँबाट युवतीलाई कारमा बसाएर लग्यो। भित्र पहिला धम्कायो, त्यसपछि नशालु पदार्थ दिएर दुष्कर्म गऱ्यो। त्यसपछि उसलाई मैदानमा उतारेर भाग्यो।
आइतवार आरोपीलाई अलिपुर अदालतमा पेश गरियो जहाँ उसलाई 8 दिसम्बरसम्म पुलिस हिरासतमा राख्ने आदेश दिइयो। त्यसपछि उसित लगातार जाँचबुझ गरिरहेको छ जसकारण मामिलाको खुलासा भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा