यस सप्ताहन्तमा झर्नेछ बंगालको पारा, बढ़्नेछ जाड़ो
यस सप्ताहन्तमा झर्नेछ बंगालको पारा, बढ़्नेछ जाड़ो


कोलकाता, 01 दिसम्बर (हि.स.)। दिसम्बर महिना शुरू भएको छ, तर दक्षिण बंगालमा अहिलेसम्म पनि सही ढंगमा जाड़ो महसूस भइरहेको छैन। यसको मुख्य कारण हो, बंगालको खाड़ीदेखि माथि जमा भएको घना जलवाष्प जसले चिसो हावालाई यतातिर आउन दिरहेको छैन। मौसम विभागको भनाइ छ, दिसम्बर महिनाको पहिलो सप्ताह बित्दासम्म पनि उक्त जलवाष्प हट्ने सम्भावना कमै छ। त्यसैले एक हप्तासम्म कठ्याङ्ग्रिने जाड़ो हुने आशा राख्न सकिँदैन।

मौसम विभागले बताएको छ, यस सप्ताहको अन्तस्म तापमान घट्ने सम्भावना छ जसपश्चात आगामी हप्तादेखि कठ्याङ्ग्रिने जाड़ो हुनसक्छ।

मौसम वैज्ञानिक रवीन्द्र गोयनकाले भने, हाल कोलकाता सहित दक्षिण बंगालमा हल्का जाड़ो भइरहेको छ। अर्थात राती तापमान सामान्य वा सामान्यभन्दा केही अधिक छ, तर दिउँसो तापमान केही कम छ। बंगालको खाड़ीमा मौसम शान्त भएपछि रातको तापमान घट्न शुरू हुनेछ। तर यसको लागि दिसम्बरको दोस्रो सातासम्म प्रतिक्षा गर्नुपर्छ।

मौसम विभागले बताएको छ, सोमवार कोलकाताको न्यूनतम तापमान लगभग 18 डिग्री सेल्सियस अनि अधिकतम तापमान 28 डिग्री लगभग रहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande