खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीको वार्षिक सभा सम्पन्न
Minority welfare


खरसाङ, 1 दिसम्बर (हि.स.)। खरसाङको गोर्खा जन पुस्तकालय भवनको प्रेक्षागृहमा खरसाङ युनाइटेड क्रिशचियन माइनोरिटी वेलफेयर सोसाइटीको आज वार्षिक सभा सम्पन्न भयो। सभा संस्थाका उपाध्यक्ष मुकुल तामाङको अध्यक्षतामा सम्पन्न भयो।

सोसाइटीको मूल सचिव दिपक लेप्चाले स्वागत भाषण राखेको सभामा संस्थाका सह सचिव सिलभेस्टर लेप्चाले सभामा पूर्व सभाको प्रतिवेदन पठन गरे। वर्ष २०२५ सालमा खरसाङ युनाइटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीले ग्रुड फ्राई डेको अवसरमा रक्तदान शिविर आयोजना गरेको अनि सम्पूर्ण धार्मिक अल्पसङ्ख्यकहरूलाई बोलाएर सरकारद्वारा प्रदान गरिने विभिन्न योजनाहरूबारे जनचेतना आयोजना गरेको संस्थाका प्रमुख सचिव दिपक लेप्चाले सभामा जानकारी गराए।

भारतीय महिला फूटबल खेलाडीहरूका प्रशिक्षक क्रिस्पीन छेत्री लगायत खरसाङका वरिष्ठ फूटबल खेलाडीहरू दिनेश थापा, धर्मराज राणा अनि प्रकाश लामालाई उनीहरूले खेल जगतमा पुर्याएको अतुलनीय योगदानका लागि सोसोइटीले खरसाङको सन्त अलफन्सस उच्चतर माध्यमिक विद्यालयका १९८८ सालमा माध्यमिक उत्तीर्ण विद्यार्थीहरूको समुह फेन्ड्रस फर एभरसित संयुक्त रुपमा सम्मान जनाएको कुरा राखे। खरसाङको सन्त जोसेफ उच्चतर माध्यमिक विद्यालय र सन्त अलफन्सस उच्चतर माध्यमिक विद्यालयको छेउ हुने दुर्घटनालाई ध्यानमा राख्दै विधार्थीहरू लगायत आम मानिसहरूको सुरक्षाको निम्ति खरसाङ युनाइटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीले राष्ट्रिय राजमार्ग 110 का पदाधिकारीगण, पीडब्ल्युडी अभियन्ता तपस मण्डल , खरसाङका भूतपूर्व महकुमा अधिकारी बिन्दबासिनी तेजा दिपक, खरसाङ चिम्नी देवराली २८ नम्बर समष्टिका सभासद श्याम शेर्पा अनि खरसाङ ट्राफिक पुलिस अधिकारी विरेन छेत्रीलाई ज्ञापन पत्र चड़ाएर यी क्षेत्रहरूमा स्पिड़ ब्रेकर, जेब्रा क्रसिङ्ग, ट्राफिक नियन्त्रणका साइनबोर्डहरु जडान गरिदिन निवेदन गरेपश्चात यी क्षेत्रहरूमा प्रशासनले सुरक्षा उपायहरू अपनाएको पनि आफ्नो प्रतिवेदनमा बताए।

माइनोरिटी सर्टिफिकेट, अनुसूचित जातिहरूलाई राज्य सरकारबाट प्रदान गरिने अन्य पछौटेवर्गका प्रमाण पत्रहरुको जानकारी लेप्चाले सभामा गराए। सन्त पौल क्याथोलिक समाजको आयोजनामा हालैमा सिमेट्री सम्बन्धी बसेको सभा र आगामी दिस्मबर महिनामा संयुक्त रुपमा क्रिशमस क्यारोल न्याली आयोजना गरिने विषय संस्थाका उपाध्यक्ष पास्टर तिरस राईले सभामा जानकारी गराए।

सभाका अध्यक्ष मुकुल तामाङले सबै इसाईहरू एकजुट भएर अधि बडने आह्वान आफ्नो सम्बोधनमा गरे। सिलभेस्टर लेप्चाले सन्चालन गरिएको वार्षिक सभामा सन्त व्रर्कमान्स चर्च सन्त मेरीज हिलका पल्ली पुरोहित फादर प्रदीप राई, डाक्टर पास्टर अजय छेत्री, प्रतिमा सेवा, रवि तोलङगी लगायत विभिन्न सदस्यहरूले आफ्नो सम्बोधन राखेका थिए। सभामा खरसाङ लगायत वरिपरि क्षेत्रका गिर्जा घरहरूको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande