दिल्लीकी मुख्यमन्त्रीले बीएसएफ स्थापना दिवस तथा गीता जयन्तीको शुभकामना दिइन्
दिल्लीकी मुख्यमन्त्रीले बीएसएफ स्थापना दिवस तथा गीता जयन्तीको शुभकामना दिइन्


नयाँ दिल्ली, 01 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सोमवार सीमा सुरक्षा बल (बीएसएफ)- को स्थापना दिवस औ गीता जयन्तीको अवसरमा सबै देशवासीहरूलाई हार्दिक शुभकामना दिइन्।

मुख्यमन्त्रीले एक्स पोस्टमा बीएसएफका वीर जवान अनि उनीहरूका परिवारहरूलाई शुभकामना दिँदै भनिन्, भारतका सीमानाहरूको रक्षा गर्नका लागि बीएसएफका जवानहरू निरन्तर तत्पर छन्। उनले भनिन्, तपाईहरूको दृढ़ निष्ठा, प्रतिबद्ध सेवा औ अडिग साहसले हाम्रो राष्ट्रका सीमानाहरूलाई सुरक्षाको अटल ढाल प्रदान गरेको छ। तपाईहरूको समर्पणले भारतको आत्मालाई निश्चिन्तताको वरदान दिएको छ। हामी सबै देशवासीहरूलाई तपाईहरूमाथि गर्व छ।

मुख्यमन्त्री गुप्ताले गीता जयन्तीमा पनि सबैलाई शुभकामना दिइन्। उनले भनिन्, मानव जीवनलाई धर्म, कर्तव्य तथा सत्यको आलोकबाट भरिदिने श्रीमद्भगवद्गीता शताब्दिऔंदेखि मनुष्यको अन्तरमनलाई दिशा दिने दिव्य उपदेश हो। भगवान श्रीकृष्णको यो अमूल्य उपहारले सम्पूर्ण सृष्टिलाई साहस, विवेक अनि समत्वको मार्ग प्रदान गर्दछ, एउटा यस्तो मार्ग जुन हरेक युगमा प्रासंगिक छ। यसले पावन दिवसमा हामी सबैलाई यसरी नै युगौं-युगसम्म कर्तव्यपथमा अडिग बस्ने प्रेरणा दिरहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande