ट्रकको चपेटमा परी चालकको मृत्यु
ट्रकको चपेटमा परी चालकको मृत्यु


मोरीगाउँ (असम), 01 दिसम्बर (हि.स.)। मोरीगाउँ जिल्लाको सदर थाना क्षेत्रमा भएको सड़क दुर्घटनामा ट्रक चालकको घटनास्थलमै मृत्यु भयो। पुलिसले बतायो, सोमवार बिहान मोरीगाउँ शहरदेखि नगाउँ तर्फ गइरहेको ट्रक (एएस-01पी-0597) अचानक अनियन्त्रित भयो। ट्रक चालकले आफ्नो ज्यान बचाउनको लागि ट्रकबाट हाम फाले। तर अभाग्यवश ट्रकको चक्कामुनि परेको कारणले चालकको घटनास्थलमै मृत्यु भयो। मृत चालकको पहिचान जिल्लाको लिरीबाड़ी निवासी मानव ज्योतिको रूपमा गरिएको छ।

घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले मृत ट्रक चालकको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि मोरीगाउँ पठाइदियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande