
धुपगुड़ी, 01 दिसम्बर (हि. स.)। जलपाईगुड़ी जिल्लाको धुपगुड़ीमा गए आइतवार अबेर राति भएको एक हृदयविदाक दुर्घटनामा परी एकजना सेवानिवृत्त सेनाका जवानको खुट्टा दुई टुक्रा भएर चुँड़ियो। दुर्घटनामा उनकी पत्नी पनि गम्भीर रूपमा घाइते भएकी छन्। दुर्घटना त्यसबेला भएको हो जतिबेला उनीहरू मोटरसाइकलमा सवार भएर एक समारोहबाट घर फर्किरहेका थिए।
जानकारी अनुसार पूर्व सैनिक विश्वनाथ बोस आफ्नी पत्नीसित बाइकमा गयरकाटाबाट फर्किरहेका थिए। धुपगुड़ीको गिलांडी पुल नजिक पुगेपछि उनको बाइकलाई पछाड़िबाट आइरहेको द्रूत गतिको डम्परले ठक्कर दियो। ठक्कर लाग्नसाथ दम्पति सड़कमा झरे। यसै अवधि डम्परको पछिल्लो चक्का विश्वनाथ बोसको दाहिने खुट्टामा चढ़्यो जसले गर्दा घुँड़ादेखि मुनिको भाग पूर्णरूपले छुट्टियो। स्थानीय मानिसहरूले तुरून्तै दुवैलाई धुपगुड़ी महकुमा अस्पतालमा पुऱ्याए जहाँ उनको उपचार भइरहेको छ।
दुर्घटनापछि क्षेत्रमा आक्रोश फैलिएको छ। स्थानीय मानिसहरूले आरोप लगाएका छन्, द्रूत गतिको डम्परको कारणले हिजोआज दुर्घटनाहरू निरन्तर भइरहेका छन्, तर पुलिसले कुनै प्रभावशाली कारबाही गर्न सकेको छैन। मानिसहरूले भने, कैयौं पटक सिकायत गरिसकिएको भए पनि भारी वाहनहरूको गतिमाथि कुनै नियन्त्रण आएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा