
पूर्व मेदिनीपुर, 01 दिसम्बर (हि. स.)। कोलाघाट पञ्चायत समितिले हालैमा ज्वारको पानीको भरमा बोरों धानको खेती नगर्ने जुन निर्णय लिएको छ, त्यसबाट स्थानीय किसानहरूमा तीव्र असन्तोष उत्पन्न गरिदिएको छ। बीडीओ कार्यालयमा सम्पन्न एक बैठकमा समितिले स्पष्ट पाऱ्यो, यसपालि बोरों धानको उत्पादनमा ज्वरको पानी प्रयोग गरिनेछैन। यसको सोझो प्रभाव खेतमा पर्छ जसबाट असन्तुष्ट किसानहरू आन्दोलन गर्ने मुडमा छन्।
यसै विरोधलाई संगठित रूप दिनको लागि कृषक संघर्ष परिषदको पहलमा गए आइतवार साँझ उत्तर जिन्याडा हाई स्कूलमा एक विराट सभा आोजना गरियो। परिषदका अध्यक्ष गोपाल सामन्तको अध्यक्षतामा सम्पन्न सभामा परिषदका सामान्य सचिव नारायण चन्द्र नायक मुख्य वक्ताका रूपमा उपस्थित थिए। परिषदका उपाध्यक्ष कार्तिक हाजरा, कार्यकारी सचिव विश्वरूप अधिकारी, सहसचिव गोविन्द पड़िया र तपन माइती सहित अन्य पदाधिकारीहरू सभामा उपस्थित थिए।
सभामा सर्वसम्मतिले निर्णय लिइयो, 2 दिसम्बरको दिन किसानहरूको एक विशाल डेलिगेशनले बीडीओ कार्यालमा पुगेर विरोध दर्ता गराउनेछ।
नारायण चन्द्र नायकले भने, पछिल्लो वर्ष पानी बन्द भएको कारणले अमन धानको खेती हुन सकेन। यदि यसपालि बोरों धानको खेत पनि प्रभावित भयो भने किसानहरू पूर्ण रूपले बर्बाद हुनेछन्। त्यसैले तत्काल देहाटी एवं वरपर निकासी व्यवस्था अनि कंक्रिट ब्रिज निर्माण गर्ने कार्य शुरू हुनुपर्छ।
उनीहरूले प्रस्ताव राखे, खलको सुधारको निम्ति काम तुरून्त शुरू गरेर जनवरीको पहिलो सप्ताहसम्म जारी राखियोस्, त्यसपछि फेरि अप्रेलदेखि जूनको अन्तसम्म द्रूत गतिमा अधिकांश कार्य समाप्त गरियोस्।
नारायणबाबूले चेताउनी दिए, यदि सोमवारसम्ममा पञ्चायत समितिले आफ्नो निर्णय परिवर्तन गरेन भने मंगलवारदेखि आन्दोलन गर्नु निश्चित छ। यसबीच बीडीओ कार्यालय सूत्र अनुसार देहाटी खल सुधारलाई लिएर सोमवार पुनः उच्चस्तरीय प्रशासनिक बैठक डाकिएको छ जसमा सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई सामेल गरिनेछ। किसानहरूको असन्तुष्टिलाई देखेर प्रशासन पनि समाधान खोज्न जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा