
फर्रुखाबाद,1 दिसम्बर (हि.स.)। थाना राजेपुर क्षेत्रमा बिमार आमाको स्थानमा बीएलओको ड्यूटी गरिरहेको युवकवले सोमवार फाँसी लगायो। उसलाई गम्भीर अवस्थामा शहरको एक निजी नर्सिंग होममा भर्ती गरिएको छ जहाँ उसको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
थाना क्षेत्रको ग्राम ईमादपुर पमारान निवासी रामकेश लोधीकी पत्नी उर्मिला देवी आँगनबाड़ी कार्मी हुन्। उनको बीएलओ ड्यूटी परेको छ। उर्मिला बिमार भएको कारणले उनका छोरा शिवांक इमादपुर पमारानले बूथ नम्बर-59 का बीएलओको रूपमा काम गरिरहेका थिए। भनिन्छ, टेन्शनको करणले शिवांकले सोमवार बिहान 8 बजे घरमै फाँसी लगाए। शिवांगलाई झुण्डिरहेको देखेर परिवारमा कोकोहोलो मचियो।
उनीहरूले प्रयास गरेर शिवांगलाई हतार-हतार आवास विकास कलोनीस्थित निजी अस्पतालमा पुऱ्याए। शिवांकलाई भेन्टिलेटरमा राखिएको छ। बताइए अनुसार उर्मिला देवी पतिसित जिल्ला हरदोई गएकी थिइन्। घटनाको सूचना तिनलाई दिसकिएको छ। शिवांकले नै आमाको सट्टा बीएलओको ट्रेनिंग लिएका छन्। उसैले एसआईआर फारम वितरण गरे। अहिलेसम्म फाँसी लगाउनुको कारण पत्तो लाग्न सकेको छैन। 22 वर्षीय शिवांकले बीएलओको कामको दबावले गर्दा अत्महत्या गर्नको लागि फाँसी लगाएको हो।
घटनाको जानकारी पाए लगत्तै ग्राम प्रधान अनंगपाल सिंह कुशवाहा अस्पतालमा पुगे। उनले दुःखी परिवारलाई ढाँढस दिए। डाक्टर केएम द्विवेदीले बताए, युवकलाई एक घण्टा अगाड़ि ल्याइएको हो। उसको अवस्था चिन्ताजनक छ। अप्पर पुलिस अधीक्षक अशोक कुमारले बताए, घटनाको सम्बन्धमा उनलाई जानकारी छैन। राजेपुर थानाध्यक्षसित बातचित गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा